शुक्रबार, चैत्र १६, २०८०

जोशी काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौ पौष १५,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्जुनप्रसाद जोशी लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । नेपाली काँग्रेसको captureविधानको धारा २१ को (ठ) अनुसार सभापति देउवाले जोशीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । संविधानसभामा  पर्वत क्षेत्र नं. १ बाट निर्वाचित सांसद जोशी यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो  ।