शुक्रबार, चैत्र १६, २०८०

जारी गतिरोध अन्त्यका लागि सभामुख र ३ दलीय शिर्ष नेतृत्ववीच छलफल हुँने

काठमाडौ पौष ११ ,व्यवस्थापिका संसद देखि सडकसम्म संविधान संशाधेन प्रस्तावका कारण देखिएको गतिरोध अन्त्य गर्ने भन्दै आज फेरि सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसंग सामुहिक बैठक बस्ने भएको छ । आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमा मुलुकका प्रमुख तीन onsari-gharti-1राजनीतिक दलका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले सहित राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पाटी शिर्ष नेताको अलावा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुलत सभामुखले पटकपटकको संसद अवरुद्धताका कारण निर्वाचनसँग सम्बन्धित विधेयक, अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेका कारण मुलुक अनिर्णयको बन्धक बनेको अवस्थालाइ दृष्टिगत गर्दै आज हुँने छलफलबाट नितिगत तथा विधिसम्वत निष्कर्षको पहिचान गर्ने तयारी रहेको बुझिएको छ ।