शुक्रबार, चैत्र १६, २०८०

घटनाको छानवीन र दोषीलाई कारबाहीको माग गर्दै बन्द आह्वान

काठमाडौ पौष ५,  एमालेको भातृसंगठन युवा संघका जिल्ला जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा रुपन्देही सहित लुम्बिनी अञ्चलका ६ जिल्लामा बन्द captureआह्वान गरिएको छ । घटनाको सत्यतथ्य छानवीन, दोषीलाई कारबाही लगायत माग गर्दै युवासंघले रुपन्देहीमा बन्द आह्वान गरेको हो ।

देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिको गोली प्रहारबाट गम्भीर घाईते भएका तिवारीको उपचारका क्रममा सोमवार साँझ मृत्यु भएको हो । हत्याको विरोध गर्दै हिजै साँझबाट आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताले आज बिहानैदेखि बुटवल क्षेत्रमा प्रदर्शन सुरु गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।