शुक्रबार, बैशाख १४, २०८१

गौ संरक्षणको लागि अन्तरक्रिया

काठमाडौं पौष १५, गाईवंशको संरक्षको लागि गौ सेवा कोषको स्थापना गर्न प्रस्ताव गरिएको छ । हिन्दु ॐकार भोलन्टियर्सले बिहीवार चितवनको नारायणगढमा %e0%a4%97%e0%a5%8c-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8एक अन्तरिक्रया कार्यक्रम गरी सो प्रस्ताव गरेको हो । स्वस्थ–दीर्घ एवं सभ्य जीवन पद्धतिको लागि वैदिक गाईको संरक्षण अपरिहार्य शीर्षक दिइएको सो अन्तरक्रिया कार्यक्रममा धार्मिक एवं सामाजिक संघसंस्थाका व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा गौ सेवा कोषको स्थापनाको लागि संस्थाका महासचिव दीपक सुवेदीले प्रस्तावपत्रमा नेपालका स्थानीय गाईको महत्त्व विशेष रहेको, धार्मिक एवम् सांस्कृतिक दृष्टिमा गाईको विशेष महत्त्व रहनुको पछाडिको वैज्ञानिकता स्वास्थ्य, कृषि, इन्धनलगायत विभिन्न विषय र पक्षमा यो जातका गाईबाट प्राप्त हुने दुध, दही, घ्यू, मलमुत्र आदि र ती पदार्थबाट निर्माण गर्नसकिने औषध् एवम् अन्य सामाग्रीको अत्यन्त ठूलो उपयोगिता रहेको तथ्य वैज्ञानिक रूपमै प्रमाणित भएको, धेरै अध्ययन तथा अनुसन्धानले पनि नेपालको स्थानीय स्तरमा पाइने यस्ता गाईबाट प्राप्त हुने दुध तथा दुधबाट तयार हुने दही, नौनीघ्यू र घ्यू एवम् मलमुत्रबाट तयार हुने पदार्थ स्वास्थ्य लगायतका धेरै पक्षमा मानव जनजीवनको लागि अतुलनीय रूपमा उपयोगी भएको पुष्टि गरेको पक्षलाई व्यक्त गरिएको छ ।
यसै गरी आधुनिक विज्ञानको शोध–खोज र अध्ययनले अन्य गाईको तुलनामा यी गाईको विशेषता छुट्टै र महत्त्वपूर्ण एवं उत्कृष्ट रहेको प्रमाणित गरेको, अन्य गाई र भैंसी आदिको दुधादि द्रव्यमा भन्दा यस्ता नेपालका स्थानीय गाईको दुध, दही, घ्यू, मुत्र र मलमा आकाश धर्तीको फरक रहेको, यो जातीको गाईको दूधादिमा भएको पौष्टिकतत्त्वको अरु कुनै पनि जातकोसँग तुलना हुन नसक्ने बताइएको छ ।
गोमुत्र तथा पञ्चगव्यको औषधीय प्रयोग अहिले विकसित मुलुकहरूले समेत गर्न लागेको, पश्चिमी कुनै देशले गोमुत्रबाट बनाइने औषधिको पेटेन्ट राइट लिइसकेको, अन्य कुनै पनि औषधिबाट निको हुन नसकेका अर्बुद (क्यान्सर) लगायतका रोगमा गोमुत्रादि पञ्चगव्यको औषधीय प्रयोगले चमत्कारिकपूर्ण सफल परिणाम दिएको र त्यसलाई सबै चिकित्सा पद्धतिले स्वीकार गरीसकेको कुरालाई पनि सो प्रस्ताव पत्रमा जोडदारसँग उल्लेख गरिएको छ ।
यसको विषयमा अझै पनि चुप लागेर बस्ने र स्थानीय जातका गाईको संरक्षण तथा यसबाट लिनसकिने उपयुक्त उपलब्धिको बारेमा चेष्टा दिन नसक्ने हो भने त्यो ठूलो भूल एवम् कमजोरी हुनजाने प्रस्तावपत्रमा सुवेदीको तर्क छ । बहुपयोगी रहेका यस्ता गाईहरू अज्ञानताको कारणले विस्थापित–लोपोन्मुख, अत्यन्तै असुरक्षित, अपहेलित र वेवारिसे अवस्थामा रहेको कुरालाई मनन् गरिएको छ ।
हालै पश्चिम नेपालमा भएको गाईहरूको हत्याको विषयमा समेत चिन्ता व्यक्त गर्दै यस्ता दुर्दशालाई हटाउन र यी जातका गाईको बारेमा देखिएका समस्यालाई उचित %e0%a4%97%e0%a5%8c-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8तरिकाबाट व्यवस्थापन गर्न नसके त्यो ठूलो आत्मघात र दुर्भाग्य हुनेसमेत दर्शाइएको छ ।
गाईको संरक्षण नभई धर्मको संरक्षण हुँदैन, हाम्रो स्वास्थ्यको संरक्षण हुँदैन । जतिजति गाईप्रतिको श्रद्धा समर्पण हराउँदै गएको छ त्यतित्यति धर्ममा विभिन्न खालका प्रहार हुँदै र धर्म हराउँदै गएको छ, त्यतित्यति समाजमा असाध्य रोग बढेको छ । जतिजति धर्म हराउँदै गएको छ त्यतित्यति समाजमा विकृति विसंगति अनैतिकता अमानवीयता फस्टाउँदै गएको छ । दिनानु दिन समाज देश जर्जर हुँदै गएको छ । आफ्नो धर्मको, संस्कारको, संस्कृतिको, आफ्नो, भावी पीढीको, समाजको संरक्षण होस भन्ने चाहने हो भने पहिला स्थानीय जातका वैदिक गाईको संरक्षण हुन जरुरी छ । गाईको संरक्षण गर्नसके मात्रै देशको संरक्षण हुन्छ । हामी सबैको संरक्षण हुन्छ । स्वस्थ समाजको निर्माण हुन्छ । गाई नबाँचे, देश बाँच्दैन, हामी बाँच्दैनौं, प्रस्ताव पत्रमा उल्लेख छ ।
पञ्चगव्य चिकित्साबाट असाध्य–असाध्य रोगको उपचार सम्भव छ, तर त्यसको लागि गौ पालनको व्यवस्थित विकास हुन जरुरी छ । यस प्रकारको कार्यलाई कार्यान्वयन गर्नसकेको खण्डमा पञ्चगव्य चिकित्साको माध्यमबाट चिकित्सा क्षेत्रमा ठूलो विकास गर्न सकिने छ । जसबाट उपचारको लागि विश्वका मान्छेहरू यहाँ आउने हुनाले स्वास्थ्य पर्यटन आदिको विकास गर्न सकिने देखिन्छ । आफूसँग भएका साधनस्रोतको विना सदुपयोग र विकास देशको समुन्नति हुन सक्तैन । यहाँको प्रकृति र यो भू–बनोटमा सम्भावना देखिएका यी र यस्ता उद्यमलाई सम्पादन गर्नसक्नु नै आत्मनिर्भरता र स्वाभिमान हो, भनिएको छ ।

देशभरी वैदिक गोवंशको संरक्षणको लागि गौशालाको निर्माण, गौपालनको विधि आदि कार्यहरू उपयुक्त ढङ्गबाट प्रक्रिया संगत तरिकाबाट सञ्चालनमा ल्याउन आवश्यक हुने, गाईको नामबाट हुनसक्ने स्वास्थ्य सेवा, कृषिकार्य, धार्मिक एवम् सांकृतिक आदि जे जति उपलब्धिपूर्ण कामकार्यहरू छन् ति सबैको प्रयोग, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्धन, प्रवर्धन, विकास विस्तार गर्न गराउन एवम् यसको लागि आत्मनिर्भर कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न तथा देखिएका समस्याको समाधान गर्नको लागि एउटा आधिकारिक गौ सेवा कोष स्थापना गर्नु उपयुक्त र जरुरी देखिएको सो पत्रमा बताइएको छ ।
कोषको स्थापनाको लागि शुरुमा यसका मर्मबोधी संघसंस्था, निकाय एवं व्यक्तिहरूबाट संयुक्त रूपमा एउटा गौ महायज्ञ गर्न र सो महायज्ञमा जम्मा एवं वचत हुने आर्थिक एवं भौतिक सम्पत्तिलाई कोषको रूपमा स्थापना गर्न आव्हान र अनुरोध गरिएको छ । प्रस्तावपत्रमा कोषको उद्देश्य, आयस्रोत, कार्यक्रम र कार्ययोजना साथै कोषको सञ्चालन आदिको विधि बारेमा शीर्षकगत रूपमा पद्धतिको पनि उल्लेख गरिएको छ ।
घरघरमा गोपालनको बारेमा पनि जनचेतना अभिबृद्धि गरिने, एउटा वैदिक गाईबाट एक विगाहा जग्गासम्मलाई खेती गर्न मलको व्यवस्था गर्नसकिने, खेतिपातीमा किट्पतङ्ग निवारणको लागि गोमुत्र एवं विभिन्न जडिबुटीबाट औषधि निर्माण गरी प्रयोग गर्न सकिने विधि भएको र त्यसको बारेमा चेतना अभिबृद्धि गर्नसकिने बताइएको थियो ।
गौ सेवा कोषको कार्यान्वयनले मातृवत् सम्मानित वैदिक गाईको संरक्षण हुने, गो वंशको बृद्धि हुने, गाईको संरक्षण गर्ने अभियान आत्मनिर्भर हुने, देवतुल्य गाई अपहेलित हुँदै अपमानित तरिकाले सडक सडकमा हिँडेको देख्न नपर्ने, गाईप्रति भएको दुव्र्यवहार हट्ने, गौको आर्शिवाद मिल्ने र हाम्रो जीवन किर्तार्थ हुनेछ, भनिएको छ । कोषको विकास गरी जाने नीतिले गाईक्षेत्र आत्मनिर्भर हुँदै सो क्षेत्रले देशलाई नै आर्थिक टेवा दिनसक्ने दाबी गरिएको छ ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले प्रमुख अतिथि, शब्द चिन्तन संरक्षण मण्डलका प्रधान संरक्षक स्वामी दुर्गादास जी महाराजले विशिष्ट अतिथिको नाताले सम्बोधन गर्नु भएको थियो । यसै गरी वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शान्तप्रसाद पोखरेल, सोही संस्थाका सदस्य एवं दुर्गा दलका अध्यक्ष विनु पौडेल, चितवन मानव सेवा समितिकी अध्यक्ष ममता न्यौपाने, संस्कार पाठशालाकी अभियन्ता देवी घिमिरे, शब्द चिन्तन युवा संघका अध्यक्ष निरज काफ्ले, ब्राह्मण समाज चितवनका अध्यक्ष रुद्रप्रसाद लगायतका व्यक्तित्त्वले आआफ्नो धारणा राख्नु भएको  प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।