शनिबार, बैशाख ८, २०८१

गोकर्णेश्वरमा बढ्दो आर्थिक अनियमिता विरुद्ध स्थानीय आन्दोलित

कार्यकारी अधिकृत थपलियालाइ १०बुँदे ज्ञापन

काठमाडौं मार्ग २३,  स्थानीय निकायको   निर्वाचन  हुन नसक्दा  जनप्रतिनीधी विहिन  भएको  अवस्थाको  फाइदा उठाउँदै  आर्थिक ब्रम्हलुट गर्न पल्लेका  गोकर्णेश्वर   नगरपालिकाका कर्मचारीहरुका कारण    भ्रष्टचार बढेको भन्दै स्थानियले   कार्यकारी अधिकृतलाई १० बुँदे  ज्ञापनपत्र बुझाएका छ्न ।

img_9496 1गोकर्णेश्वर नगरपालिकामा नक्सापास गर्दा, निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रष्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै विकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रिनुपरेको नागरिक प्रतिuntitled-1निधीहरुले जनाएको छ । त्यस्तै ज्ञापनपत्रमा उल्लेख गरिएको माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम सुरु गर्न आफुहरु बाध्य हुने चेतावनी समेत त्यस अवसरमा नागरिक प्रतिनिधीहरुले दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै ज्ञापनपत्र बुझेपछी गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र कुमारी थपलियाले जनताको मागप्रति सकारात्मक रहेको धारणा राख्दै ज्ञापनपत्रमा उल्लेख भएका माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको बताईएको  छ ।