शनिबार, बैशाख ८, २०८१

गरिब प्रधानमन्त्रीलाई चन्दा दिने कि ?

काठमाडौं पौष १,    मन्त्रिपरिषद्को कार्यालयद्दारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा सहभागी प्रधानमन्त्री  दाहाल सहित   मन्त्रीपरिषद सदस्यहरुको मन्त्रीको सम्पत्ति विवरण   सार्वजनिक गरेपछि  प्रम प्रचण्डको  सार्वजनिक  सम्पति  विवरणमाथि यत्र तत्र सर्वत्र  चर्चा हुन थालेका  छन ।  यस क्रममा  हामीलाइ प्राप्त समाचारमा प्रम प्रचण्डको  अवस्थालाइ केन्द्रीतगरि   यस्तै  खाले चर्चा गरिएको  छ । जुन निम्नानुसार रहेको छ ।   

prachanda1साह्रै गरिब रहेछन् प्रधानमन्त्री पुष्पकमल दाहाल । दक्षिण एसियामा सबैभन्दा धनी पार्टीका धनाध्ये नेता भनेर चर्चित व्यक्ति हुन पुष्पकमल दाहाल । तर उनले डराई डराई ४ महिनापछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा पैत्रिक १ कठ्ठा जग्गा र ३ तोला सुनमात्र देखाएका छन् ।  कस्तो अचम्म ? जो ३ लाखको खाटमा सुत्छ, लाख पर्ने घडी लगाउँछ, बादशाही जीवन बाँचिरहेका छन्, उनी यतिबिघ्न गरीव ? आमनागरिकले अलिकति चन्दा पो दिने कि ?

लडाकुको तलव ३ अर्व लुकाएको मुद्दा अख्तियारमा छ, जसको लगानीको चर्चा भाटभटेनीदेखि ठूला ठूला लगानीमा छ, ती व्यक्ति श्रीमतीको दाइजोमा बा“चिरहेका छन् ? प्रधानमन्त्रीस“गै उनका ३१ मन्त्रीहरुको हालत पनि यस्तै छ ।  यसकारण शक्तिशाली न्यायिक आयोग गठन गर्न जरुरी छ किनभने श्रीमतीको दाइजोका बारेमा छानबिन हुनैपर्ने देखिन्छ । दाइजो दिने श्रीमतीका माइतीको हालत र हैसियत के ? यी प्रधानमन्त्री, मन्त्रीहरुले कहा“बाट कुन स्रोतबाट राजर्षी सौखिन जीवन बिताइरहेका छन् ? यसको सूसूचित हुने अधिकार जनतामा छ कि छैन ? किन सूचना आयोग मुखमा पट्टी  बाँधेर बसेको छ ?