शुक्रबार, बैशाख ७, २०८१

काउन्सिलले अनलाइन, रेडियो र टेलिभिजनबाट प्रसारित सामग्रीको मोनिटरिङ गर्दै

काठमाडौं पौष ३ ,  प्रविधि तथा प्रणालीको काठमाडौं 6 img_3788 आज राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण/प्रणालीको उद्घाटन गर्नुभयो । अनुगमन प्रणालीको उद्घाटनसंगै अव विधिवतरुपम बिद्युतीय सञ्चारमाध्यम
टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको अनुगमन कार्यको थालनी भएको छ । कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्नुहुँदै नयाँ उपकरण÷प्रणालीले विद्युतीय सञ्चारमाध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने वताउनुभयो । काउन्सिलले कार्यमा सक्दो प्रयास गर्ने बताउँदै बिद्युतीय माध्यमको बर्गीकरण गर्न आग्रह गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम संधै प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होईन–आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको वताउनुभयो ।  काउन्सिल सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बिद्युतीय सञ्चारमाध्यमले आफ्नो इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले बिद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीसम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै हाललाई यो प्रविधिवाट १६ वटा टेलिभिजन, अनलाइनवाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाकोे अभिलेख राख्न सकिने बताउनुभयो । प्रेस काउन्सिलले यसअघि पूरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि बिद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो ।                                                                                                                                                रिपोर्ट तथा  तस्विर महेन्द्रराज सिंह  

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930