बिहिबार, बैशाख १३, २०८१

काँग्रेस र मधेसीमोर्चावीचको बैठक: संशोधन विधेयक पेस गर्ने सहमति

काठमाडौं  पौष १५,  काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेका सत्तासाझेदार दल नेपाली काँग्रेस र संयुक्त मधेसी मोर्चाबीचको बैठकमा संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने कुरामा सहमति जुटेको छ ।

congress-samsadiya-dalत्यस्तै बैठकले यवस्थापिका संसद बैठकमा प्रतिपक्षीदल एमालेले जारी राखेको अवरोधका वावजुद पनि दर्ता गरिएको संविधान संशोधन प्रस्तावको विषयमा छलफल हुँदा अहिले दर्ता भएकै प्रस्ताव पेश गर्न मोर्चा तयार भएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठल बैठकमा सहभागी एक नेताले जानकारी दिनु भएको छ ।

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता श्रेष्ठ र सिंह, मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत नेताको उपस्थिति रहेको थियो