शुक्रबार, चैत्र १६, २०८०

कष्टकर जिवन ज्युउँदै सरकारको गरे सत्तोसराप

संशोधन प्रस्तावको विरोधमा कतै अनिश्चिकालिन आम हड्ताल त कतै सकसपूर्ण प्रदर्शन, १२ जिल्ला तनावग्रस्त 

काठमाडौं पौष ३ , सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशलाइ विभाजन गरेपछि सुरु भएको आन्दोलन आज पनि मुलुकका विभिन्न जिल्लामा जारी रहेको समाचार प्राप्त भएको छ ।  त्यसोत एकातर्फ संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका captureसबैजसो जिल्लामा भइरहेका प्रदर्शन कारण सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ भने अको तर्फ प्रतिपक्षीदल एमाले लगायतले संसद बैठकमा जारी राखेका कारण बैठकले नियमित कार्यसूचीमा समेत प्रवेस पाउँन सकिरहेका छैन ।

यता ५ नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्ला बन्द आह्वानका कारण जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालनमा आउन नसक्दा सर्वसाधारणले कष्टकर जिवन ज्युउँदै  सरकारलाइ सत्तोसरोप गरिहेका छन भने त्यस्तै प्रदर्शकारीहरुले संशोधन प्रस्तावको विरोधमा बुटवलको पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग र गुल्मीमा पनि अनिश्चिकालिन आम हड्तालको आव्हान गर्दै सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काउँदै आएका छन ।