शुक्रबार, बैशाख ७, २०८१

आज युनियनमा पत्रकारको निःशुल्क मृगौला परिक्षण गरिने

काठमाडौ पौष ११ , मृगौलामा कुनै खरावी छ की छैन भन्ने परिक्षणमा जन जागरण् गर्ने लक्ष्य अनुरुप स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा आज बिहान ११ बजे देखि युनियनको केन्द्रीय कार्यालय थापागाउँमा मृगौला परीक्षण गर्न लागिएको युनियनले जनाएको छ । मृगौला परिक्षण् सेवाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि नेपाल प्रेस युनियनले पहिलो kidney-jpgपटक पत्रकारहरुको निःशुल्क मृगौला परिक्षणको कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ ओटा स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको र यसरी वितरण गरिएको किटबाट स्थानीय स्वास्थ्य संस्थामै गरिएकाले त्यसको उपयोग गर्न स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ । मृगौला परिक्षणका लागि प्रयोग हुने ‘डिपिस्टीक किट’ सबै जिल्लामा पठाइ सकिएकाले स्थानीय तहमै मृगौला परिक्षण गर्न मन्त्रालयले आह्वान गरेको छ ।
त्यस्तै मन्त्रालयले यसै बर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मीसहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परीक्षण गर्ने तयारीसमेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930