शनिबार, बैशाख ८, २०८१

आज तत्कालीन जनप्रेमी राजा स्व: विरेन्द्रलाइ सम्झदै

 काठमाडौं पौष १४, आज पौष १४ अर्थात विस २०५८ ज्येष्ठ १९ गते अकल्पनीयरुपमा वंश विनास भएका जनप्रेमी राजाका रुपमा आम नेपालीको दिलोदिमागमा captureस्थापित स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
यसक्रममा वीरगंजस्थित प्रतिमा चौकमा रहेको स्व। श्री ५ वीरेन्द्रको पूर्णकदको शालिकमा विभिन्न राष्ट्रवादी संघसंस्थाहरुले पुष्पमाला र अबिरलगाई स्व। राजाप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।
माल्यार्पण कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केशर सिंह, महासचिव अस्मिता भण्डारी लगायतले राजा वीरेन्द्रले देशको लागि गर्नु भएको त्याग र योगदान बारे चर्चा गर्दै देशको अस्तित्व जोगाउन सम्पूर्ण देशवासी एकजुट हुनु पर्ने कुरामा जोड दिनु गर्नु भएको थियो । त्यस्तै ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा पनि विभिन्न राष्ट्रवादी संघसंस्थाहरुले पुष्पमाला चढाउँदै श्रद्धा सुमन अर्पण गरिएको थियो ।  स्व राज विरेन्द्रको विस २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्डमा तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय रहेको छ ।