शनिबार, बैशाख ८, २०८१

अर्थमन्त्री महराद्दारा सिन्धली महोत्सवको उद्घाटन

काठमाडौं पौष ७, सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा आज देखि सिन्धुलीमाढीमा सिन्धुली महोत्सव सुरु भएको छ । महोत्सवको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।  महोत्सवमा २५० ओटा स्टल छन् । तिनमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत sindhuli-mahotsab-1वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिहरुको उत्पादन प्रर्दशनीमा राखिएका छन् ।

स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दूधजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरु महोत्सवको आकर्षण छन् । त्यस्तै सिन्धुली जिल्लाका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रदर्शनी, मध्यमान्चल क्षेत्रका जिल्लाहरुका विभिन्न ब्यवसायिक सामानहरुको प्रदर्शनी तथा विक्री, जुनार बजारको ब्यवस्था, कृषिजन्य उत्पादनको प्रदर्शनी, सूचना प्रविधी तथा अटोमोवाइल्सको प्रदर्शनी, हस्तकला प्रर्दशनी मेलामा छन् ।
महोत्सवका अबसरमा जिल्लाको प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरु काली कमलामाई, शिद्घबावा, भद्रकाली मन्दिर, कुशेश्वर महादेवको दर्शन, नेपाली पुर्खाहरुले आफ्नो त्याग र उत्सर्ग गरेर राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम गर्न लडेको विख्यात सिन्धुलीगढी र हरिहरपुरगढीको अवलोकनको ब्यवस्था मिलाइएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष विनेश श्रेष्ठलाइ उदृत गर्दैै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै मेलामा जिल्लाका जातिगत विविधताको प्रदर्शन, तामाङ्ग सेलो र नृत्य प्रदर्शन, माझी दनुवार\सुनुवार संस्कृति तथा चालचलनको प्रदर्शन, लोपोन्मुख हायू जातीको भेषभुषा तथा चालचलनको प्रदर्शन, वालन भजनको प्रतियोगितात्मक प्रदर्शन, मगर भेषभुषाको प्रदर्शन, नेवारी लाखे नाचको प्रदर्शन सहित महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारले गायन, नृत्य तथा हास्यब्यंग्य प्रस्तुत गर्ने बताईएको प्रस्तुत   महोत्सवमा करिव ५ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । साथै मेलामा ५० रुपैयाँको टिकटको ब्यवस्था गरिएको छ । विद्यार्थी र एकल महिलाहरुको लागि परिचय पत्र देखाएर ३० रुपैयाँमा प्रवेश गर्न पाउने छन् । पूर्ण अपाङ्ग र जेष्ठ नागरिकका लागि परिचय पत्रका आधारमा निशुल्क प्रवेशको ब्यवस्था गरिएको जनाईएको छ ।