काठमाडौ मार्ग १९, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आज अपरान्ह छलफलका लागि बोलाउनुभएको छ । नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।