मङ्लबार, बैशाख ४, २०८१

हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलनको विकल्प नभएको काँग्रेस नेता खड्काको जिकिर

आन्दोलनको लागि तयार रहन निर्देशन

काठमाडौ मार्ग १५,  नेपाली काँग्रेस केन्द्रीय सदस्य खुमबहादु खड्का नेतृत्वको हिन्दु राष्ट्र स्थापना महाअभियानले मुलुकमा देखापरेको अस्थिरता र अन्योलता 15319508_10205660257744432_99980206_n15319508_10205660257744432_99980206_n1अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नभएको निष्कर्षको पहिचान गरेका छन ।    सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं भन्ने मुल मन्त्रका साथ आज राजधानीको प्रज्ञाभवनमा आयोजित बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठीलाइ सम्बोधन गर्दै काँग्रेस नेतन खुमबहादुर खड्काले हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नभएको जिकिर गर्दै हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन निर्देशन दिएका छन । त्यस्तै उहाँले सम्बोधनकै क्रममा विपी विचारको चिन्तन सहित पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने समय आएका कारण अव किन्चित पनि विचलित नहुन आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै अन्तक्र्रियामा बोल्ने अधिकास वक्ताले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्नेमा अव विलम्ब गर्नु नहुँनेमा अभिमत प्रकट गर्नु भएको उक्त कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, काँग्रेसका नेता लक्ष्मण घिमिरे, चिरञ्जीवी वाग्ले, मोहन बस्नेत, १००८ भागवत आचार्य पुष्पा भुसाल तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल, विश्व हिन्दू महासङ्घका महासचिव अस्मिता भण्डारी पूर्व सेनापति रुक्मांगद कटवाल, विश्लेषक सौरभ,मोहम्मद मख्खिखान, शंकर पाण्डे, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी,देबेन्द्र पौडेल,मदन मण्डल,अधिबक्ता प्रेम खड्का,अधिबक्ता,बालकृष्ण न्यौपाने, खेमनाथ आचार्य,मोहन लामा,नेपाली बाबा,डा सुरेन्द्र केसी,डा केबी रोकाय,शालिकराम सिंह, रामकृष्ण उपाध्याय, रामचन्द्र अधिकारी,दिलबहादुर क्षेत्री,,रमेशजङ रायमाझी ,मिनकृष्ण महर्जन लगायतले बोल्नु भएको थियो । त्यस्तै कार्यक्रममा दलका नेताहरु, विभिन्न पेसाकर्मी, लगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरु लगायत हजारौं शुभेच्छुकको उपस्थिति रहेको थियो । ।