शनिबार, बैशाख ८, २०८१

संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन नगरेको अध्यक्ष यादवको दावी

संशोधन विधेयक राष्ट्रघाती उद्देश्यबाट प्रेरित भएको महासचिव मैनालीको आरोप

काठमाडौं मार्ग १५, सङ्घीय समाजवादी फोरम नेपालले सरकारले संसदमा दर्ता भएकोे संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको जनाउ सहित आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर 1480486819bigyapti-finalसरकारले गल्ती गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा दर्ता भएको सविधान संशोधन विधेयकले मधेसी मोर्चा र सङ्घीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन नगरिएमा आपत्ती प्रकट गर्दै प्रस्तुत संशोधन विधेयकले मुलुकलाई शान्ति, स्थिरता एवम् राष्ट्रियता, राष्ट्रिय एकताको भाव सिर्जना गर्नुको अलावा थप अस्थिरता सिर्जना गरको उल्ेख गरिएको छ ।
यसैवीच विधान संशोधन विधेयक प्रति नेकपा( क्रान्तिकारी माओवादीले आपत्ति प्रकट गरेको छ पार्टी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै गरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको विधेयक मान्य नभएको जनाउ दिएका छन । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले मधेसी मोर्चाको सहमति बिना दर्ता गराइएको विधेयकले मधेसी, आदिवासी, जनजातिलगायत सिमान्तकृत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न नसकेको निष्कर्ष सहित यस्तो अभिव्यक्ति दिएको हो
त्यस्तैगरि नेकपा मालेका महासचिव सिपी मैनालीले पनि आज एक विज्ञप्ति जारी गर्दै संशोधन विधेयक आफैमा राष्ट्रघाती उद्देश्यबाट आएको जनाउ दिदै संविधान संशोधन विधेयकको विरोध गरेका छन ।