शनिबार, बैशाख ८, २०८१

तरुणदल महाधिवेशनको वैधतामा प्रश्न, आवश्यक परे अदालत जाने चेतावनी

काठमाडौं मार्ग १५, तरुणदलको हालै सम्पन्न महाधिवेशन संठनको विधान र प्रक्रिया अनुरुप नभएको भन्दै तरुणदलको एउटा समूहले विद्रोेह मानसिकता सहित काँग्रेस महामन्त्री सशांक कोईरालासँग छलफल गर्ने क्रममा मुद्धा निरुपणका लागि अदालत जाने चेतावनी दिएका छन ।  तरुणदलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थको नेतृत्वमा मगंलबार कोइराला निवास पुगेको टोलिले संगठनको विधान मिचेर गरिएको महाधिवेशनको वैधतामा समेत प्रश्न चिन्ह उठाउँदै आवश्यक परे 15322552_10208906836120489_1428659833_oअदालत सम्म पनि पुग्ने भन्दै महामन्त्रीसँग आक्रोश पोखेको थाहा भएको छ ।

संठनमा पाटी सभापति शेरबहादु देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको चर्को आलोचना गर्दै पूर्व सभापति कायस्थले सोधे पूर्णकालिन सदस्य समेत नभएका व्यक्ति कसरी नेतृत्वमा आए ? के तरुणदल भित्र अरु कोही व्यक्ति नेतत्वका लागि लायक नै थिएनन त ? आफ्नै संगठनभित्र प्रतिष्पर्धा गर्न नपाउने कस्तो नियम हो भन्दै तरुण दलका पुष्प कोइरालाले संगठनको विधान अनुसार अध्यक्षले मनोनित गर्ने २० जना महाधिवेशन प्रतिनिधिको समेत चयन नगरेर बन्द सत्र पछीका कुनै पनि प्रक्रिया विधि संवत नभएकाले महाधिवेशन अमान्य हुने तर्क गर्नुको अलावा विधान र प्रक्रिया मिचेर गरीएको भनिएको महाधिवेशनको वैधतामाथि प्रश्न उठाएका थिए ।
महामन्त्रीलाई भेट्न पुगेका मध्यका एक मेदनी सिटौलाले विधि र पद्���तिको वकालत गर्ने देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीले नै विधि विधान र प्रक्रियाको अवमुल्यन गर्ने हो भने हामी कार्यकर्तालाई कस्ले न्याय दिन्छ भन्दै महामन्त्री कोइरालाइ प्रश्न गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।   त्यस्तै सहभागि तरुणदलकी लक्ष्मी खतिवडाले नेतृत्व प्रति कार्यकर्ताको विश्वास घटेकाले नेतृत्वलाई गम्भिर बन्न आग्रह गरीन् ।  कार्यक्रममा सहभागि असन्तुष्ट तरुण नेताले खुमबहादुर खड्का,कृष्ण सिटौला,प्रकाशमान सिंह र रामचन्द्र पौडेल सहित सभापति देउवाले गरेको अकं गणितको प्रतिशत भागवण्डा गर्ने अधिकार कहाँबाट ल्याए भनेर महामन्त्रीसँग जवाफ मागिरहेका थिए ।
नेपाली काँग्रेस भित्रको आन्तरीक गुट उपगुटको विभाजनले गर्दा आगामी दिनमा हुने भनिएका स्थानियदेखि प्रदेश र केन्द्रको निर्वाचनमा गतिलो परिणाम नदिने भन्दै महामन्त्री भेट्न पुगेका तरुण नेताहरुले पोखराको ग्रयाण्ड होटलमा भएको आन्तरिक निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेलले तोडेको आरोप लगाए । उक्त भेटमा महामन्त्री कोइरालाले तरुण दलको महाधिवेशनमा गल्ति भएको स्विकार गर्दै अब कसरी अगाडि बढेर निकास निकाल्न सकिन्छ भन्ने तर्फ आँफु चिन्तित रहेको बताए ।
गुट र भागवण्डाको नाममा संगठनमै नभएकाहरुलाई नेतृव दिंदा पार्टीले व्यहोर्नु पर्ने नोक्सानिको जिम्मेवारी लिन तयार रहन पार्टी महामन्त्री सहित सभापतिलाई समेत चुनौति दिए ।  असन्तुष्ट समूहले केही दिन भित्रै पोखरा महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रम राजधानिमा गर्ने तयारी गरीरहेकाछन् । महामन्त्री कोइराला निवास पुगेका तरुण नेताहरुले अब ग्रुपिजम नै गर्ने भए त्यसको नेतृत्वकालागि तयार रहन पनि आग्रह गरे । रामचन्द्र पौडेलप्रति निकै आक्रोशित तरुण नेताहरुले निर्वाचित महामन्त्रीका नाताले समूहको नेतृत्व गर्न कोइरालालाई आग्रह गर्दै कार्यकर्ताहरुको संरक्षण गर्न नसक्ने हो भने हामी सबै अन्य विकल्पमा जाने कडा चेतावनि समेत दिए ।