बिहिबार, चैत्र १५, २०८०

चिन्तण मनन: जनता अव विकल्पको खोजीमा

नेपालको अर्को पुस्ता भारतीय भएर जन्मने होकी भन्ने डर सिर्जना

काठमाडौ मार्ग १२, चीन नेपालको भूमिसंग जोडेको मित्रराष्ट्र हो । तर चीनका राष्ट्रपति सि जीन पिङलाइ नेपाल भ्रमणको निम्न्त्रणा गर्न नेपालका प्रधानमन्त्री प्रचण्डले गोवामा पुगेर किन निम्तो दिनु प९यो । के नेपाल भारतको प्रान्त् हो ? अथवा प्रान्त बनाउँन पूर्वाधार खोजेको हो ?  स्मरण गर्नु पर्ने यहाँ के छ भने प्रम प्रचण्डले भारतसंग २५ बुँदे सहमति गर्दा खेरीनै नेपाल भारतको अवधारणासंगै अन्तराष्ट्रिय जगतमा जान तयार छ भनेर भन्दै गर्दा  प्रम प्रचण्डको यो हरकतसंगै नेपालको अर्को पुस्ता भारतीय भएर जन्मने होकी भन्ने डर सिर्जना भएको छ ।

अर्को तर्फ नेपालको संविधान कार्यान्वयन २०७४ भित्र हुन नसके ठूलो संकट पैदा हुन्छ भन्ने मुलुकको राजनैतिक वृतमा चर्चा छ । तर कस्तो संकट पैदा हुँने हो नेताहरुले आजको मिति सम्म पनि जनतासामु भन्न भन्न सकिरहेका छैनन । नेपालको परम्परागत स्थायी राजनीतीलाइ निषेध गरेर गरिएको राजनीतीले संकट नभएर सुविधा किमार्थ सिर्जना गर्दैनन । यदि तागत छ भने राजसंस्था को सवालमा जनमतसंग्रह गरेर देखाउ । परिणाम स्वत देखिन्छ । कुन कानुन कुन विधि र कुन ऐन अन्र्तगत मुलुकको संवैधानिक राजस्था हटाइयो ?  राजसंस्था हटाईएका कारणनै आज मुलुकमा राष्ट्रर राष्ट्रियतमा माथिनै धराप सिर्जना भएका छन ।

मुलुककमा साशनसत्ता हाक्छु भन्ने  नेताहरु  राजनेता नभएर विदेशी रोवोट जस्तो देखियो । आज नेपालको सवैभन्दा ठूलो चिन्ता र चासोको विषयक भनेको राष्ट्रको स्वतन्त्रतार सार्वभौमिकताको हो । जनता अव विकल्पको खोजीमा छन । त्यो विकलप भनेको नेपालको भौगालिक अवस्था र जनताको धरातलीय अवस्था हेरी सैवैधानिक राजसंस्थानै हो । मुलुकमा जारी यावत गतिरोधका कारण ज्ञानेन्द्रशाह तेस्रो पटक पनि राजा बन्ने निश्चित हुँदै गएको छ यसमा कुनै शका गर्नु पर्ने अवस्था छैन र रहद्ैन पनि ।

-प्रदिप श्रेष्ठ
वरिष्ठ पत्रकार एवम् सम्पादक देशेमरु झ्या साप्ताहिक