बिहिबार, बैशाख १३, २०८१

तरुण दलको महाधिवेशन मिति सर्यो

तरुण महानगरमा श्रेष्ठ र क्षेत्रीय समिति ८ मा प्रधान सर्वसम्मत, रुकुम, बझाङ, भक्तपुर धादिङ, बाँके, रुकुम लगायतका   जिल्लामा  समानान्तर समिति र सदस्यता विवाद 

काठमाडौ भाद्र १९,काँग्रेस वृतमा प्रभावशाली भ्रातृ संस्थाको रुपमा स्थापित नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने मिति तोकिए पनि तयारी नपुगेको भन्दै आसन्न चौथो महाधिवेशनको प्रस्तावित केहि समयको लागि सारिएको 14238177_1100282216726110_1080353956881608614_nसम्वद्ध पक्षले जनाएको छ ।

विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको निर्देशनमा नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि ऐतिहासिक गरिमा सहित क्रियाशील तरुण दलको चौथो महाधिवेशनका लागि ७५ जिल्ला मध्ये आजको मिति सम्म जम्म ६० जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको र बाँकी १५ जिल्ला मध्ये केहि जिल्लामा अधिवेशन गर्न समय नमिन्लुको अलावा कतिपय जिल्लामा समानान्तर समिति क्रियाशील रहनु र रुकुम, बझाङ, भक्तपुर धादिङ, बाँके, रुकुम लगायत केही जिल्लामा भने विवाद चुलिएका कारण महाधिवशेन मिति सारिएको समाचार स्रोतको दावी रहेको छ ।

२०६१ सालमा जनकपुरमा तेस्रो महाधिवेशन सम्पन्न भएपछि एक दशक भन्दा लामो समय पछिको समयमा हुन गइरहेको चौथो महाधिवेशनको प्रस्तावित मिति सारिनुले कतै नेविसंङघको जस्तै महाधिवेशनको मिति तोकिने तर सार्दै जाने लक्षण देखाएको सम्वद्ध तरुण नेताहरुले बताएका छ । तर महाधिवशेन गराउँन काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठित निर्देशन समितिले भने महाधिवेशन प्रस्ताविता मिति अर्थात असोज ३ नै हुने दावी गरेको समाचार प्राप्त भएको छ । निर्देशन समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसार्इं, महेन्द्र यादव र विश्वप्रकाश शर्मा सदस्य रहनुभएको छ ।

14222224_686020528213649_3506671412442017806_nयसैवीच नेपाल तरुण दल काठमाडौं महानगर समितिको अध्यक्षमा रोशन श्रेष्ठ नेतृत्वको टिमलाइ सर्वसम्मत निर्वाचित गरिएको छ । काँग्रेसका पूर्व महामन्त्री समेत रहिसक्नु भएका केन्द्रीय सदस्य प्रकाशमान सिहंको प्रमुख आतिथ्यथतामा सम्पन्न चौथो महानगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा  उपाध्यक्ष ,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सञ्जिव कर्माचार्य , आशिष थापा , सुरज श्रेष्ठ र भोला सुनार, चयन भएका छन । यसै गरी सदस्यमा भक्ति भटराई, पेशल पाहाडी सावित्री ताम्राकार, चयन भएका छन महिला जिल्ला प्रतिनिधीमा गीता पाण्डे, रञ्जिता केसी रहेका छन भने समावेशी तर्फबाट कविराज नेगी लामा चयन भएका छन त्यसैगरि  जिल्ला प्रतिनिधीतर्फ जनजातीबाट दिपेन्द श्रेष्ठ दलित तर्फ विकि नेपाली खुल्ला प्रतिनिधीमा सरिन घिमिरे , दिर्घ गुरुङ्ग, युवराज भुजेल , सुवोध पन्त , शिवलाल श्रेष्ठ चयन भएका छन । त्यस्तै महानगरबाट महाधिवेशन प्रतिनिधी शैलेजा सिलवाल र प्रभातमणी ओझालाइ सर्वसम्मत निर्वाचित गरेको हो ।  अधिवेशनको उदघाटन सत्रलाइ सम्बोधन गर्दै नेता सिहंले तरुण शक्तिको अपरिहार्यता माथि प्रकास पार्नु भएको थियो ।

14211950_1100282333392765_2404955905522290731_nत्यस्तै शनिवारनै काठमाडौं निर्वाचन क्षेत्र. न ८ अन्र्तगत नेपाल तरुण दलको ८न क्षेत्रीय कार्य समितिको काँग्रेस केन्द्रीय सदस्य एवम् नेपालका सरकारका उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनले अनिरुद्ध्र प्रसाद प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति निविरोध निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको उपाध्यक्ष ।सचिव र कोषाध्यक्षमा क्रमस राकेस बज्राचार्य सागर ढकाल र सुरेश श्रेष्ठ रहेका छन भने महाधिवेशन प्रतिनिधीमा सरस्वती थापालाइ निर्वाचित गरेको छ ।