बिहिबार, चैत्र १५, २०८०

मध्यरातको साइत जुराउँदै मखमलीको गीतीक्यासेट विमोचित

काठमाडौं श्रावण २६, राजधानीको ठमेलस्थित फायर क्लब डिस्को थेकमा केहिदिन अघि  मध्यरातको साइत जुराउँदै राजु गिरी निर्देशित चलचित्र मखमली टिमले चलचित्र गीती क्यासेट तथा  पोष्टर एक कार्यक्रमकावीच विमोचन गरिएको छ ।
Anup_20160805_5Anup_20160805_4आगामी कार्तिक ५ गते देखी राजधानी लगायत मोफसलका हलहरुमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्र मखमलीका गितहरुमा अर्जुन पोखरेल र टिका भण्डारीको संगित रहेको छ ।

त्यस्तै कार्यक्रममा निर्देशक गिरी एवम् शुभेच्छा थापाले मखमली फिल्मको विषयबस्तु र यसको महत्वको विषयमा प्रष्ट पारेका थियो भने मध्यरातमा विमोचन गर्नुको सवालमा प्रष्टिकरण दिदै Anup_20160805_1चलचित्रका नायिका तथा निर्माता शुभेच्छा थापाले भनिन्न् रात्रिकालिन ‘क्लवमा आउनु हुने दर्शक पनि नेपाली चलचित्रको फ्यान हुनुहुन्छ । उहाँहरुलाई पनि समेट्ने हाम्रो उद्देश्य रहेको छ । जुन दर्शकहरु क्लव, डिस्कोमा गएर मनोरञ्जन लिइराख्नु भएको छ, उहाँहरुको पनि रुचीको विषय मखमली बनोस भन्ने उद्देश्य रहेको जनाउ दिदै उहाँहरु अवश्य पनि मखमली हेर्न हलसम्म आउनुहुने विस्वास प्रकटगरे । कार्यक्रममा निर्देशक राजु गिरी,नायीका शुभेच्छा थापा,कलाकार शुदन धिताल लगायतका कलाकार र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।