श्रीजन झा /काठमाडौं श्रावण १६, सोचे जस्तो हुन्न जिवन ! सम्झे जस्तो हुन्न जिवन ! जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जिवन! पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ । खुसीहरु समेटेर हाँसिरहूँ जस्तो लाग्छ ।आँसु आँसु हुन्न जिवन खुसी खुसी हुन्न जिवन देख्यो जसले उस्तै हुन्छ रोजे जस्तो हुन्न जिवन ।। हो पक्कै पनि माथिका यि पंक्तिलाई मनन गर्ने हो भने जीवन र जीवनको यर्थाथता आफैमा बुझिनसक्नु छ । दुरदराजको त कुरै छौडौं राजधानीस्थित कामपा वडा न १६ पुरानो गुहेश्वरी मन्दिर आसपासको क्षेत्रमा विगत दश वर्ष यता देखि बत्ती मुनीको अध्यारो भने जस्तै विरलाल पुतवार र उनका बहिनी याली पुतवारले गुजारा गर्दै आएको जिवन यापनको अवस्थालाई हेर्ने हो भने जो कोहि व्यक्तिको पनि मन भक्कानिनुको अलावा दुई दाजु बहिनीले एकतत्ले छाप्रोमा कसरी जिवन निर्वाह गरिरहेका छन भन्ने अनेकन सवाल मनमा सहजै उतपन्न हुँने गर्छन ।
यि दाजु बहिनी कुन वेलाबाहिर निस्न्छन के गर्छन के खान्छन स्थानीय कसैलाई थाहा छैन । आकल झुकल कोठाबाट बाहिर निस्ने पनि व्यस्त यो समाजमा कसैलाई कसैको मतवल पनि छैन । आकल झुकल कोठाबाट बाहिर निस्के पनि व्यस्त यो समाजमा कसैलाई कसैको मतवल पनि छैन ।
यहा सम्मकी गत बैशाख १२ गते गएको महाभूकम्पको समयमा पनि यि दाजु वहिनी कोठमानै थिए । तर भगवानको कृपानै भन्नु पर्छ उनिहरुलाई केहि भएन । फोहोरको बिचमा बस्न कस्लाई पो मन लाग्छ होला र रु अझ कल्पना गर्नुहोस् त फोहोरै फोहोरको बिचमा बन्द कोठामा बस्नुको पिडा कस्तो होला रु त्यो पनि पुरा १० बर्ष सम्म । एकैठाममा टवाईले छ त्यो नि जाम भएको दुनियाँ आफैमा वेखवर । जव त्यो क्षेत्रमाबाट नमिठो दुर्गान्ध आउन थल्यो र त्यहाँका स्थानिय बासिन्दा एवम् महिला मञ्च गोलढुङगाका अध्यक्ष
कान्ति बज्राचार्य लगायका व्यक्तिहरुको पहलमा स्थानीय प्रहरीलाई साथमा लिदै कोठाभित्र प्रवेस गर्दा त्यहाँको स्थिती आफैमा छताछुल्लल मात्र भएनन । ति दाजु बहिनीको नारिकिय जीवन अन्त्य भयो । उद्द्वारको क्रममा पुतवार दाजु बहिनी जुन कोठामा बस्दथे त्यो कोठा र उनिहरुले खाने खानाका कारण बहिनी यालीको स्थिती अत्यन्त गम्भिर छ, उनी धेरै कमजोर रहेको सहजै बोध गर्न सकिन्छ । फोटो फिचर सहितको भिडियो रिपोर्ट हेर्नुहोस् । पुन: प्रकाशित गरिएको(-स्)