शुक्रबार, चैत्र १६, २०८०

संविधान कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसमा : नेता केसी

भक्तपुर श्रावण १५, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सबै दललाई मिलाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभएको छ ।  नेपाली काँग्रेस सूर्यविनायक नगरसमितिले आज भक्तपुरमा Ankcआयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेसको नेतृत्वमै संविधान बनेकाले त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि काँग्रेसकै काँधमा आएको बताउनुभएको हो ।

त्यस्तै उहाँले  विधान सहमतिको दस्तावेज भएको जिकिर गर्दै संविधान निर्माणदेखि जारी गर्नसम्म सँगै रहेका मुख्य तीन दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई संविधान कार्यान्वयनमा पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको  प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।