शनिबार, बैशाख ८, २०८१

ने.वि सङ्घका नेताहरु आमरणअनशनमा

काठमाडौ श्रावण १५, नेपाल विद्यार्थी सङ्घका नेताहरुले विधिवत् महाधिवेशनको माग गर्दै आज अपराह्न ४ बजेदेखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेका छन् ।

Nepal_Students_Union_Flag (1)आमरण अनशनको औपचारिक सुभारम्भ पूर्व सङ्घका नेताहरुले विधान विपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यका साथै अन्य जिल्लामा वैधानिक तबरले अधिवेशन गर्नुपर्नेलगायतका माग रहेको जनाउ दिनु भएको थियो ।

आजबाट सुरु गरिएको आमरण अनशनमा नेवि सङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेवि सङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेल बस्नुभएको छ ।