मङ्लबार, बैशाख ११, २०८१

काबुलमा भएको निर्दोष र निहत्था नेपालीको बर्बर हत्याबाट पूर्वराजा ज्ञानेन्द्र स्तब्ध

काठमाडौं आषाढ ७,  पूर्वराज ज्ञानेन्द्र शाहले अफगानिस्तानको राजधानी काबुलमा सोमवार  बिहान रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको बर्बर हत्याबाटआफु स्तब्ध  बताउनु भएको  छ ।   साथै पूर्वराजा शाहले तालीवानी आतङ्ककारी समूहले घटाईएको भनिएको उक्त घटना gyanendra_nepal_360x270आफैमा निन्दनीय भएको जनाउँदै  आतङ्ककारी आक्रमणको भत्र्सना सहित घटनामा परेर जीवन गुमाएका दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम्  शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट  गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना  गर्नुभएको छ ।

साथै पूर्वराजा शाहले मृतक परिवारलाई पर्याप्त राहत तथा क्षतिपूर्ति दिलाई घाइतेको प्रभावकारी उपचारका लागि आवश्यक पहल सहित नेपाली नागरिकको शान्ति सुरक्षाको प्रत्याभूतिका लागि कूटनीतिक पहलमार्फत तत्काल प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ ।