बुधबार, बैशाख १२, २०८१

स्थानिय निकायको निर्वाचन आगामी मंङसिर मै :मन्त्री ढकाल

परिवार दलको ३ नम्बर प्रदेशको भेला :

काठमाडौं ज्येष्ठ २९,  नेपाल परिवार दलका अध्यक्ष एवम् शान्ति तथा पुननिर्माण मन्त्री एकनाथ ढकालले नेपाल परिवार दल सच्चा देश भक्त र IMG_6700[1]IMG_6845[1] fgsdfgdfgdfgdfgdfgdfgdfgविकास प्रेमीहरुको साझा थलो भएको बताउनुभएको छ ।  त्यस्तै परिवार दलको प्रदेश नम्बर ३ को भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री ढकालले परिवर्तनको उपलब्धिलाइ सस्थागत गर्न र नयाँ संविधानले वास्तविक बैधानिकता प्राप्त गर्न मुलुकमा आमुल रुपमा आर्थिक प्रगति हुनु पर्ने र यसको लागि बेरोजगार र गरिबी, पछौटेपन जस्ता मुद्धाहरुको उचित सम्बोधन हुनुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
सम्बोधनको क्रममा उहाँले सरकारले घोषणा गरेको स्थानिय निकार्यको निर्वाचन आगामी मङसिर महिना मै हुने भएकाले त्यसको तयारीमा लाग्न नेता तथा कार्यक्रताहरुलाई निर्देशन दिदै अबका निर्बाचनका राजनैतिक दलहरुले प्रस्तुत गर्ने बिकासको मोडेल अनुसार जनताले मतदान गर्ने भएकाले बेलैमा सचेत हुन जरुरी रहेको जिकिर गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै अवको निर्वाचनमा झुटो सपना बाड्ने दलहरु आफै बढारिने बताउँदै परिवार दल मुलुकको सबै समस्याको समाधानमा सक्रिय रहेको र पार्टी स्थापना कालदेखि हालसम्म राष्ट्रिय समस्याको समाधान गर्न, मुलुकमा स्थायी शान्ति र मेलमिलाप कायम राख्न र मूल्यमान्यताको राजनैतिक संस्कारको पहलकदमी लिन अग्रपंतिमा उभिदै आएका कारण अवका दिनमा बैकल्पिक लोकतान्त्रिक धारको रुपमा अघि बढ्ने बताउँनु भएको थियो ।

नयाँ संविधानले व्यवस्था गरे बमोजिमको सात वटै प्रदेशमा नेपाल परिवार दलको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गरेको बताए ।
त्यस्तै कार्यक्रममा महामन्त्री बिनोद डाँगीले परिवार दलले आठ बर्षको समयमा राष्ट्र र जनतालाई प्रमुख प्राथमिकतामा राख्दै शान्ति पूर्ण तरिकाले क्रियाकलाप संचालन गरेको जानकारी दिनुको अलावा संविधानले लोककल्याणकारी राज्यको आधारशिला खडा गरेकोले संविधान निर्माणसँगै आफ्नो पार्टीले बोकेका धेरै एजेन्डाहरू सफल हुँने दावी प्रस्तुत गर्नुभएको थियो भने दलका प्रवत्ता सन्तोष कुमार पौडेलले महात्मा गान्धी र डा. मुनको शान्तिबादलाई अंगिकार गरेकोले आफ्नो पार्टी नेपालकै उत्कृष्ट भएको दावी गदै मुलुकलाई बिकास र निकास दिने दल यहि परिवारदलनै भएको बताए ।

भेला संयोजक रामप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा दलकी केन्द्रीय सदस्य एवम् सांसद मिलन कुमारी राजबंशी, नेताहरु लक्ष्मी प्रसाद भण्डारी, गणेश कुमार श्रेष्ठ , दयाराम कडेल, पीस फोस्रका अध्यक्ष अशोक शर्मा भट्ट लगायतले परिवार दल समानताको सिद्धान्त बोकेको पार्टी रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा संविधानको प्रचार–प्रसार गर्न, सेवामुलक कार्यबाट जनताको विश्वाश जित्न तथा विकृति–विसंगति र भ्रष्टाचारको डटेर विरोध गर्न आग्रह गनुृभएको थियो ।  यसैगरि भेलाले काठमाडौ घोषणा पत्र जारी गर्नुको अलावा दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठको अध्यक्षता ५१ सदस्सीय प्रदेश समिति गठन गरेको छ । त्यस्तै यसैबीच दलका अध्यक्ष ढकालले बुद्दिजिबि, युवा तथा बिभिन्न राजनीतिक दल परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गर्ने १३ जिल्लाका १५० जना नब प्रवेशीलाइ रातो टिका तथा सदस्यता प्रदान गर्नुभएको जनाईएको छ ।