शुक्रबार, बैशाख १४, २०८१

साझाका ८० सीट क्षमताको ३०वटा बस भदौमा आइपुग्ने

काठमाडौ ज्येष्ठ २३, साझा यातायातले काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा ल्याउन लागेको ८० सीट क्षमताको ३० timthumb (1)वटा बस आगामी भदौको तेस्रो साता काठमाडौ आइपुग्ने भएको छ ।  साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक ल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले सिसिटिभी क्यामेरा, टेलिभिजनको सुविधा सहितको ति बस आगामी भदौको तेस्रो साता साझालाई बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ ।