शनिबार, बैशाख ८, २०८१

सगुनले ल्यायो सूचना आदान प्रदान गर्दै पैसा पाउन सक्ने अवसर

काठमाडौ आषाढ १५ , अमेरिकी राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो। सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ता Accredited Investors) लाई पाँच हजार डलर ($५,०००) लगानी गर्ने अवसर प्रदान गरेको छ।   बिश्वब्यापी रुपमा फैलिएको सोसियल sagoon-press-meetकमर्स सञ्जाल सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा “प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि लगानीको अवसर खुल्ला गरिएकोमा यूएस् जब्स एक्ट (US JOBS ACT) लाई धन्यवाद दिदै सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने बताईएको छ ।

त्यस्तै एकाउन्ट बनाएर सुचना आदान प्रदान गरे वापत पैसा पाउन सक्नेगरी निर्माण गरिएको सगुन सामाजिक सञ्जालमा रजिस्टर प्रयोगकर्ताका लागी थुप्रै प्रकारको एप्लिकेसन रहेका छन्, “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने), र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु सेयर गर्ने फिचर)  । मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् । सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन । सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्ने र हट सेक्रेटको बिशेषताहरु रहेको जनाउँदै यसमा लाईक, डिस्लाईक, सेयर वा कमेन्ट गर्न सकिनेछ । साथै तपाईले सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिने बताईएको छ ।

साथै विज्ञप्तिमा आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने तयारीमा रहेको सगुनले सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निस्शुल्क रुपमा स्मार्ट कार्ड पाउनुको अलावा स्मार्ट कार्ड हेल्डरले आफ्नो साथीभाई अथवा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्ने छन् भने । सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा ५५ रकम फिर्ता पाउन सक्ने उल्लेख गरिएको छ ।