शनिबार, बैशाख ८, २०८१

संघीय नवाबिचार समूहको उपत्यका तदर्थ कमिटी गठन

काठमाडौ आषाढ ११ रिजवान अन्सारी नेतृत्वको संघीय नवाबिचार समूह, नेपालले पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा एक कार्यक्रम गरि रजनी मल्लिको नेतृत्वमा १९ सदस्यीय स्सिय उपत्यका तदर्थ कमिटी गठन गरेको छ । कमिटिमा अजय खड्का, प्रतिक्षा खड्का,माया nawa2मगर,जितमाया महर्जन लगायत रहेका छन् । कार्यक्रममा समूहका संयोजक अन्सारीले देशमा सम्पूर्ण पार्टीहरु असफल भइसकेकाले अब नयाँ शक्तिको आवश्यकता रहेको जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै उहाँले राष्ट्रिय चरित्रको पार्टी रहेकोले सबै समुदायलाई समेटेर पार्टी निर्माणमा जुटेको बताउँदैराजनीतिसंग घृणा नगरी देश निर्माण र राजनीतिक,सामाजिक,आर्थिक बिकासको लागि राजनीतिमा आउनुको विकल्प नरहेकोले युवाहरुलाई राजनीतिमा आउन आह्वान गर्नु भएको थियो । कार्यक्रममा समूह नेता महावीर प्रसाद मल्लि, राजु भुजेल , दिनेश पाख्रिन लगायतको सहभागिता रहेको थियो ।