शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ सङ्गीतकार गुरुङको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित : प्रम ओली

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं ज्येष्ठ २५, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनप्रति oli kp bijayaगहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले शोकको घडीमा उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ त्यस्तै प्रम ओलीले स्वर्गीय गुरुङले नेपाली सुगम सङ्गीतलाई स्तरीय र समृद्ध बनाउन गर्नुभएको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित भएको बताउँदै गुरुङ नेपालको साङ्गीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने बताउँनु भएको छ ।

5185_12c198f35c9805d8077f2e7d97e9ae86_1465247061_Pयसैवीच वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पु-याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।मन्त्रालयले उहाँको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति एवम् वरिष्ठ सङ्गीतकार अम्बर गुरुङकोगुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान झण्डै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रष्तिठान परिसरमा राखिएको थियो । स्व गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नन्दबहादुर पुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङ, सञ्चार मन्त्रालयका सचिव दिनेशचन्द्र थपलिया नेपाली राष्ट्रगानका रचयिता ब्याकुल माईला नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय लगायतका उल्लेख्य व्यक्तित्वहरु प्रज्ञा–प्रतिष्ठान पुग्नु भएको थियो ।