शुक्रबार, बैशाख ७, २०८१

लैनचौरमा बेसमेन्ट पार्किङ निर्माणको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

  काठमाडौं आषाढ १०, काठमाडौँ महानगरपालिकाले राजधानीको लैनचौरमा रहेको खुला स्थानमा बेसमेन्ट पार्किङ निर्माणका लागि सुरु गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन आज सार्वजनिक भएको छ ।  कामपाद्दारा आज आयोजित एक विशेष छलफलमा लैनचौरस्थित ७  रोपनी खाली जग्गामा सवारी पार्किङ स्थल निर्माण गर्ने योजना अनुरुप उक्त प्रतिवेदन सार्वजनिक गरिएको  जानकारी दिईएको छ ।

सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिए अनुसार करिव रु ५५ करोड अनुमानित बजेटको लगानीमा सपिङ कम्प्लेक्स सहितको २ तल्लाको बेसमेन्ट पार्किङ बनाउँने योजना रहेको उल्लेख गरिएको छ । त्यस्तै पैदलयात्रु र सार्वजनिक सवारी साधनका लागि सब–वेको पनि निर्माण गरिने बताईएको छ । त्यस्तै   उक्त प्रतिवेदनमा प्रस्तुत योजना कार्यान्वयनसंगै ठमेल क्षेत्रमा यातायात साधनबाट हुने जाम कम गर्न र व्यवस्थित रुपमा पार्किङ गर्नका लागि बेसमेन्ट साहयक सिद्ध हुने उल्लेख गर्दै बेसमेन्ट पार्किङ निर्माण गरिएको ३० वर्षसम्म निर्माण कम्पनीले प्रयोग गर्नेछ भने त्यसपछिको समयमा कामपालाई दिनुपर्नेछ । उक्त पार्किङस्थलमा एक पटकमा कार र मोटरसाइकल गरी झन्डै ३५० वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031