बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय सहमति विना निर्वाचन असम्भव : नेता पाण्डे

कांठमाडौं आषाढ १५, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता बद्री पाण्डेले राष्ट्रिय सहमति विना निर्वाचन सम्भव नभएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले राष्ट्रिय धान दिवसको अवसरमा चाँगुनारायण नगरपालिका ३ छालिङमा आयोजना गरेको धान downloadरोपाईं कार्यक्रममा बोल्दै नेता पाण्डेले निर्वाचनको लागि राजनैतिक वातावरण आवश्यक भएको र त्यसका लागि कांग्रेस सहितको राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको हो ।
उहाँले निर्वाचनका लागि सयौं कानुन निर्माण गर्नुपर्ने र निर्वाचन आयोगले समेत कानुन बनेको चार महिनामा मात्र निर्वाचन हुन सक्ने बताईरहेका बेला सरकारले मंसिरमा स्थानीय निर्वाचन गर्छु भन्नु नाटक मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार निर्वाचन गर्छु भन्छ तर आवश्यक तयारी गर्ने तर्फ चासो छैन । वास्तवमा सरकारले निर्वाचन चाहेको छैन ।”
मधेशीहरु सहमतिको राजनीति शुरु गर्नका लागि मधेश छाडेर राजधानी आएको चर्चा गर्दै नेता पाण्डेले यो अवसरलाई सरकारले क्याच गर्न सक्नुपर्नेका उल्टै विभिन्न बहनामा मधेशीलाई चिढ्याउने कार्य गरिरहेको आरोप लगाउनुभयो ।
भूकम्प पिडितको नाममा सरकारले कार्यकर्ता पोस्ने कार्य गरिरहेको आरोप लगाउँदै पाण्डेले पिडितलाई एकमुष्ट रकम दिने सम्झौता नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान डो-याउनु भयो ।
जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य जगन्नाथ कार्की, १ नं. क्षेत्रीय सभापति जीबन खत्री, चाँगुनारायण नगरसमितिका सभापति शिवहरि केसीलगायतका वक्ताहरुले कांग्रेसको पहलमा जिल्लामा सञ्चालित विकास निर्माणका बारेमा चर्चा गर्दै जनताका आवश्यकता पुरा गर्ने भन्दा पनि सरकार सस्तो नारामा अल्मलिएको बताउनुभयो ।