शुक्रबार, बैशाख ७, २०८१

राप्रपा समानान्तरमा भाँडभैलो, कावा अध्यक्ष शेरचन पदमुक्त, लामालाई जिम्मेवारी दिएको घोषणा

काठमाडौं आषाढ १६,  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कावा अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको बहुमतले शेरचनले पार्टीलाई सही नेतृत्व दिन नसकेका भन्दै उहाँलाई पदमुक्त गरेको राप्रपा नेपाल समानान्तरले जनाएको छ ।

newspressत्यस्तै पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीद्दारा जारी विज्ञप्तिमा समान विचारधारा भएका राजनीतिक दल एवम् शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा उहाँले बाधा गरेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले लामालाई नै पार्टी नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पु-याउने तथा राष्ट्रवादी शक्तिको एकताका लागि प्रयत्नशील रहेका सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरेको छ ।

यस अघि अर्थात बुधवार राप्रपा नेपाल समानान्तरको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी दिएका पार्टीका उपाध्यक्ष सत्यमान लामा , महामन्त्री श्यामप्रसाद तिमिल्सिनाले पार्टीको लक्ष्य विपरित कामकारवाही गरेको पार्टीभित्र गुटबन्दी गरेको आरोपमा साधारण सदस्य समेत नरहनेगरि निष्काशित गरिएको महामन्त्री राजु राइद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।