शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा सामुहिक कला प्रदर्शनीको आयोजना

काठमाडौं आषाढ १० , कलाको यो विधामा लागेकाहरुलाई जागृत गर्ने र सृजनसिल कर्ममा लगाई रहने उद्देश्यका साथ राजधानीको  नेपाल कला परिषद् बबरमहलमा सामुहिक कला प्रदर्शनीको आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित कार्यशालामा सिर्जना गरिएका कलाको प्रदर्शनी यतिबेला नेपाल आर्ट काउन्सिल, बबरमहलमा संचालन भईरहेको छ ।  नेपालका लागि Anup_20160612_21[1]बंगलादेशकी राजदुत मास्फी बीन्ट image-0.02.01साम्सले एक समारोहका बिच बिहिबार कला प्रदर्शनीको उद्घाटन गर्दै महामहिम बीन्टले आमजनलाई यस्ता कला प्रदर्शनीले कलामा आकर्षित गर्न प्रेरित गर्ने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथी नेपाल ललितकला एकेडेमीकी कुलपति रागिनी उपाध्यायले पाकिस्तान, बंगलादेश भारतका साथै अन्यत्र पनि व्यवसायिक कलाकारले ललितकलामा निकै राम्रो दख्खल दिएको आफुले देखेको बताउँदै प्रज्ञा प्रतिष्ठानबाट कार्यशाला गर्न पाउदाँ खुसी लागेको बताउनुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

साथै प्रस्तुत कला प्रदर्शनीले विश्व बजारमा व्यवसायिक कलाकारबाट प्रवद्धन गरिएको ‘पप आर्ट’ नेपाली कला बजारमा भित्रयाउन महत्वपुर्ण भुमिका खेल्ने बताउँदै उहाँले आगामी दिनमा पनि नेपाली कलालाई परिमार्जित र परिष्कृत रुपमा ल्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिईने पनि उहाँले त्यस अवसरमा जानकारी दिनु भएको थियो । कार्यक्रममा कला समीक्षक रमेश खनालले व्यावसायिक कलाकारहरुले कार्यशालामा निकै सृजनशीलता देखाउन सक्षम भएको धारण राख्दै ‘कलाकारले सदृष्य कलामात्र होईन उत्कृष्ट सृजनशील कला पनि गरेर व्यावसायिक कलाकारको क्षमता देखाउन सक्षम भएका छन्’ खनालले धारणा राख्नु भएको थियो ।

कार्यक्रमका सभापति लालकाजी लामाले एसियाली मुलुक क्रमस बंगलादेश, पाकिस्तान, भारत लगायतका देशमा व्यवसायिक कलाले निकै फड्को मारेको बताउदै नेपाली व्यवसायिक कलामा पनि यस प्रकारको प्रयोग गर्न सकिने धारणा राख्नु भयो ।  गत हप्ता मात्र व्यवसायिक कलाकारलाई लक्षित गरेर एकेडेमीले कार्यशालाको आयोजना गरेको थियो । कार्यशाला र प्रदर्शनीमा बुटवलका अग्रज कलाकार मन गोल्डी, चितवनका प्रकाश थापा, विश्व मजकोटी, कृष्णप्रसाद सापकोटा, रसुवाका शशी श्रेष्ठ, काठमाडौका कृष्ण ओझा, , प्राज्ञ नारदमणी हार्तम्छाली, घनबहादुर याख्खा, लालकाजी लामा, रामपुजन ठाकुर, राजमान महर्जन (किर्तीपुर), ज्योति प्रकाश बिके (नवलपरासी), दिपेन्द्रमान बनेपाली भक्तपुर, नरबहादुर बिके, प्रमिला परियार बिके, (नवलपरासी) बिनिता इजाम याख्खा (मोरङ्ग), मानबहादुर परियार, सन्तोष राई, बुद्धकुमार बिक पाल्पाका डि राम पाल्पाली, रुपन्देहीका केशव राज खनाल, भक्तपुरका कान्छाकाजी भासिमा दोलखाका योगेन्द्र लामा लगायत २९ जनाले चित्र बनाउनु भएको थियो । प्रदर्शनी आगामी १२ गते सम्म नेपाल कला परिषद् बबरमहलमा रहनेछ ।