शनिबार, बैशाख ८, २०८१

युनियनद्दारा शोक व्यक्त

काठमाडौ आषाढ ८ ,  नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरी आचार्यलाई पत्नी शोक परेको छ। गत ज्येष्ठ ३० गते बाराको नीजगढबाट आफनो घर रौतहटको चन्द्रनिगाहपुर आउने क्रममा आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रंशसा आचार्य चढेको चढेको ना २७ journalist-narahari's wife deathप ६३१२ नम्बरको मोटसाईकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउदै गरेको ना १ ज ३७४८ नम्बरको सर्लाही रौतहट टाटा सुमोले ठक्कर दिएको थियो। पत्रकार आचार्यको श्रीमती प्रमिला भण्डारीको चिन्ताजनक अवस्थामा हेटौडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकोमा बुधवार दिउँसो निधन भएको युनियनका महासचिव अजयबाबु शिवाकोटी द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा युनियनले सहकर्मी आचार्य पत्नी भण्डारीको मृत्युले स्तब्ध भएको जनाउँदै यस दुखद घडीमा स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त आचार्य परिवारमा समवेदना प्रकट गर्दै घटनामा परि घाइते भएक बाबु छोरीको पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै आचार्य परिवार सवार मोटरसाइकललाई ठक्कर दिने प्रहरी नियन्त्रणमा रहेका सवारी साधन र सवारी चालकलाई रौतहटको स्थानिय प्रहरीले केहि दिन अगाडी नै रिहा गरेको घटनाप्रति युनियन रुष्ट छ। तत्काल यस घटनाका दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कार्वाही गर्न युनियन यसै विज्ञप्ती मार्फत सम्वन्धीत सबैलाई खवरदारी गरेको छ ।