शनिबार, बैशाख ८, २०८१

यसैको लागि हो नयाँ शक्तिको आवश्यकता: संयोजक डा.भट्टराई

हामी सम्पूर्ण राजनीतिलाई नै नयाँ विकल्पदिँदैछौं । किनकिइतिहास विभिन्न कालखण्ड हुँदै अगाडि बढ्छ । नेपालनामको जुनहाम्रो यो देश छ, यसको भौगोलिकएकीकरणको कालखण्ड थियो । ५०–६० वटा राष्ट्रमा विभाजित राष्ट्रलाईएकीकरण गर्नुथियो । ठीक बेठीककसको नेतृत्वमा?कसले ग-यो त्यो फरक कुरा हो । तर एकीकरण आवश्यकताथियो किनकीत्यो भौगोलिकएकीकरणको चरण थियो । पृथ्वीनारायण शाहदेखि भीमसेन थापाहुँदै सुगौली सन्धीसम्म एउटा चरण थियो । त्यो चरण असाध्यै केन्द्रीकृत नै हुनुपर्दथ्यो । राजा, महाराजा र भगवानको baburam-300x207दुहाई नदिइकन त्यतिबेलाको जनताले बुझ्दा पनिबुझ्दैनथे । लड्ने, भिड्ने, मारकाट गर्ने, बन्दुकचलाउने, खुकुरी चलाउनेहरुले मात्रै राजनीतिमा सहभागिताहुन सक्थे । राजतन्त्रात्मक र युद्धमुखी राजनीतिको त्यो एउटा चरण थियो ।
दोस्रो भनेको जनतालाई अधिकार सम्पन्नबनाउने र पुरानो सामन्तीएकात्मक राज्यव्यवस्थालाई त्यसको अन्त्य गरेर जनताको लोकतान्त्रिक इच्छा आकांक्षा पूरा गर्ने, आफ्नो संविधानआफैं लेख्ने र जनतालाई सार्वभौम बनाउने अर्को चरण रह्यो । १९९० को आसपास प्रजापरिषद, प्रचण्ड गोर्खादेखि लिएर नेपालीकांग्रेस, एमाले, एमाओवादी र मधेसवादीहुँदै पछिल्लो अवधि २०७२ को संविधानबनाउने बेलासम्मअर्को कालखण्ड थियो । जसले नेपालीजनतालाई अधिकार सम्पन्नग¥यो । राजनीतिक परिवर्तन अर्थवाव्यवस्था परिवर्तनलाई सुनिश्चित गर्यो । भोलिगएर अर्को व्यवस्थाल्याउनुपर्ला त्यो बेग्लै कुरा हो । अहिले हाम्रो पुस्ताको लागिलोकतान्त्रिकव्यवस्थाल्याउन सक्यौं । यसरी दोस्रो चरण पूरा भयो भन्ने हाम्रो मान्यताहो ।

मुख्य कुरा यहीँनेर हो । अबकिन चाहियो नयाँशक्तिभन्दा जनतालाई भूगोल भयो, जनताअधिकार सम्पन्न पनि बने । अब जनतालाई जनजिविका चाहियो, आर्थिक विकास चाहियो । समृद्धि चाहियो । गरिबी र बेरोजगारीको अन्त्यहुनु पर्यो । शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता सबैलाई ग्यारेन्टी हुुनुपर्यो । यसरी अब आर्थिक समृद्धिको चरण सुरु भयो र त्यो चरणको नेतृत्वलिने र राज्य सत्तालाई त्यही ढंगले सदुपयोग गरेर मुलुकमा छिटो भन्दा छिटो समृद्धि ल्याउने राजनीतिक दलहा मीलाई आवश्यक छ । लोकतन्त्रको निम्ति संघर्ष गर्नेहरुको क्षमता भनेको लड्ने, भिड्ने र जेल जाने क्षमता थियो । त्यो क्षमताले अब नपुग्ने भयो । म पनि माओवादी आन्दोलनमा लागेकै हुँ । अब विकास र समृद्धितिर जानुपर्छ । अब पुरानो सोच, पुरानो शक्ति, पुरानो पार्टी र पुरानै क्षमताले पुग्दैन ।

त्यसैले अबहामी पुराना रुपान्तरित हुने र नयाँजोडिदै जाने र नयाँ शक्ति निर्माण गर्ने भनिएको हो, यसैको लागिहो नयाँ शक्तिको आवश्यकता । यसैले यो जगैदेखि नयाँबन्दै छ । हामी विभिन्न पृष्ठभूमिका मानिसहरु पुराना आवद्धता त्यागेर किन यहाँ आउँदैछौं ? किनकी नयाँ घर बनाउन सामग्री पनि नयाँ चाहिन्छ । पहिले त हामी गुफामा बस्दैथ्यौं । बिस्तारै स्याउलालेबारेका छाप्रोमा बस्यौं । पछि माटाका घरहरुमा बस्न थाल्यौं । अहिले त हामी आधुनिकर समृद्ध नयाँ घर बनाउन खोजेकाहौं । त्यसको लागि रड, सिमेन्ट, काठ, सिसा सबै चाहियो, सबै जम्मागर्नुपर्यो । त्यसैले अहिले हामी विभिन्न पृष्ठभूमिका जम्माभइरहेका छौं । यो एउटा आधुनिक विशाल समृद्धिको घर बनाउनको निम्ति जम्मा भएका हामी सामग्रीहौं । यसैलाई जोडेर योजना, विचार संगठनले नेतृत्वदिएर वैज्ञानिक नक्साकोर्दै जगैदेखिको नयाँ घर बनाउँदै छौं । हामी सबै यही समृद्धिको आधुनिक घरको पाटपूर्जा हौं । नयाँ घरका पाटपूर्जा बन्न्ने हो । हामीले यसरी नै बुझौं ।
यहाँ अवस्था परिवर्तन हो कि व्यवस्था परिवर्तन भन्ने पछि प्रश्न छन् । अहिलेसम्म व्यवस्था परिवर्तन गर्न लड्यौं अब आर्थिक अवस्था परिवर्तन गर्न लड्ने हो । व्यवस्था परिवर्तनका पनि अपुग कुरा छन् । जस्तो कि महिला, मधेसी, आदिवासीजनजाति, दलितलगायतका सवालहरु बाँकी छन् । त्यसलाई हामीले यही संविधान पूरा गरेर जानुपर्छ । अहिले नै हामी व्यवस्था नै परिवर्तनको लागि लड्नु हुँदैन । यसले प्राप्तउपलब्धिहरु पनिगुम्ने खतरा हुन्छ । यसलाई संशोधन गरेर जोडकोण पूरा गर्नतिर लाग्नुपर्छ । तर मुख्य काम भनेको आर्थिक अवस्था फेर्नु नै हो ।
हामी नीति तथा कार्यक्रमलाई हामीले पाँच ‘स’को कुरा गरेका छौं । यसमा पनि मुख्य कुरा समृद्धि नै हो । यही समृद्धिलाई पूरा गर्नको लागि अरु पाँच ‘स’को कुरा गरेका छौं । यसमा सबैको स्वामित्व रहनुप¥यो । हिमाल, पहाड, तराई, सुदुरपश्चिम सबैको सहभागिताहुने लोकतन्त्र चाहियो, त्यसले मात्रै देशलाई वास्तविक अर्थमा एकीकरण गर्न सक्छ र वास्तविक समृद्धिको यात्रा सजिलै तय गर्न सकिन्छ । यसैले हामीले समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्रलाई जोड दिएका छौं ।

यसैगरी सदाचार र सुशासन पनि हाम्रो मुख्य प्राथमिकतामा पर्दछन् । भ्रष्टाचार अहिले व्याप्त छ । राजनीतिक भन्ना साथ फोहोरी पोखरी भन्ने बुझिन्छ । हामीयसलाई सफागर्न चाहन्छौं । भ्रष्टाचारबाट मुक्तहुन चाहन्छौं । सुद्ध राजनीति गर्न चाहन्छौं । सदाचार पालनागर्न चाहन्छौं । त्यसो हुन सकेन भने भएको जति साधन स्रोत सबै भ्रष्टाचारमै जान्छ अनि कसरी विकास हुन्छ । समृद्धिको लागि नेतृत्व, पार्टी र जनतामा नै सदाचार र सुशासनको संस्कृति विकास गर्नुपर्छ । सुशासन भनेको विधिको शासनहो । पारदर्शिता अपनाउनुपर्छ । तेस्रो कुरा राष्ट्रिय स्वाधिनताको हो । हामीले भावनात्मक कुरा मात्र गरेर हुँदैन । हामीगरिब भइराख्ने, रोजगारीको निम्तिभारततिर चौकीदारी गर्न जानु पर्ने अनि त्यसैलाई गाली गरेर के गर्नु ? मरुभूमिमा गएर युवाले पसिना बगाईरहनु परेको छ । त्यो केही नभएको मरुभूमि अहिले संसारकै धनी देश भइसक्यो । हामी भने सधैं झगडा गरेका छौं र अलि अलि भएका पनि केही नेताहरुले खाएर सिध्याएका छन् भने अब हामीले सही अर्थमा राष्ट्रियता जोगाउने हो भने यो देशलाई गरिबी र बेरोजगारीबाट मुक्त बनाउनुपर्छ । सबै देशसँग राम्रो सम्बन्ध राखेर भारत र चीनबीचको खुम्चिएर र चेपिएर बस्ने तरुलहोइन, विशालबजारहरुसँग समान सम्बन्ध राखेर गतिशील पुलबन्ने, समाज सम्बन्धकायम गर्ने र आर्थिक समृद्धिको नेतृत्वगर्नेगरी अगाडि बढ्नुपर्छ ।

मुलुक समृद्ध भएपछि मात्र राष्ट्रिय बलियो हुन्छ, स्वाभिमान बलियो हुन्छ । गरिबी, बेरोजगारी र भिखमंगाभएर हाम्रो स्वाधिनता बलियो हुँदैन । आत्मनिर्भर र अन्तरनिर्भर बनेर स्वाधीनबन्ने भन्ने प्रगतिशील राष्ट्रियताको हाम्रो मान्यताहो । विचार र राजनीति के भन्ने पछि प्रश्नछ । विचार, राजनीति र दर्शन भनेको मानिसले आफ्नो आवश्यकताले जन्माएकाहुन् । विचार र दर्शनले मान्छे जन्माएको होइन । मान्छेले आफ्नो युगको आवश्यकताले विचार जन्माएको हो । हिजो वाम र दक्षिण भन्ने जुनविचार थियो, त्यसले उदारवाद र समाजवादभन्ने विचार बिसौं शताब्दीमा प्रतिस्पर्धामा रहे । उदारवादले पनि असमानता र ठूलो विभेद ल्याएको छ । संघर्ष र युद्ध निम्त्याइरहेको छ । अर्कोतर्फ राज्यले सबै कुरा नियन्त्रण गर्ने भन्ने राज्यमुखी समाजवादले पनि मान्छेलाई सम्पन्न बनाउन सकेन ।

गरिबी बाँड्ने समाजवादमात्रै भयो । यसैले अब हामी सम्पन्नता र समृद्धि बाँड्ने समाजवाद चाहन्छौं । सम्मुन्नत समाजवाद जुनलोकतन्त्रको जगमाखडा भएको हुनुपर्छ भन्ने हाम्रा मान्यता हो । जसले हामीलाई समृद्ध, सुखी, खुसी, स्वाधिनता र स्वाभिमान दिनसक्छ, त्यहीविचार जन्माउने अभ्यासमा हामी छौं । यो युग सुहाउने विचारको विकास गर्ने आँट हामीले गर्नुपर्छ । २५ सय वर्ष अगाडि बुद्धले विश्वलाई जसरी विचार दिने प्रयत्न गरेकाथिए, यो विज्ञान र सूचना प्रविधिको युगमा हामीले नयाँ विचार र दर्शन किन दिन सक्दैनौं ? त्यो आँट हामीले गर्नुपर्छ । यस्ता कुरामा कांग्रेस थिइस् कि माओवादी थिइस् कि कम्युनिष्ट थिइस् भन्ने कुराले कुनै काम गर्दैन । हामी त्यो भन्दामाथि उठेको आधुनिक युगको आवश्यकता पूरा गर्ने शक्ति हौं । त्यसले दिने नयाँ विचारले युगका समस्याहल गर्दै देशलाई समृद्ध बनाउने कुरालाई केन्द्रमा राखेर हामीले नयाँ शक्ति बनाउँदैछौं ।  ज्येष्ठ ३० गते विशाल भेला गरेर सबै संस्थापक सदस्य र समर्थकहरु जम्माभएर सामूहिक शपथ गर्दछौं र नेपाली इतिहास नयाँ युगमा प्रवेश गरेको र नयाँ इतिहास सुरु भएको एउटा उत्सवको रुपमा यसलाई सम्पन्न गर्दैछौं । यो समृद्धिको युगको नेतृत्वगर्ने अगुवा र अभियन्ताको रुपमा हामीले भूमिकानिर्वाह गर्दैछौं । जनताको विशाल जमघटबाट त्यो प्रतिवद्धता र अठोट हामीले व्यक्तगर्नुछ । यो ऐतिहासिक कार्यमा सहभागी हौं ।