शुक्रबार, चैत्र १६, २०८०

म माओबाद ” मा बिस्वास गर्दिन, डेमोक्रेसीमा बिस्वास गर्छु – युवा नेता गोकर्ण पौडेल

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको स्वकिय सचिव ” जस्तो ओहदामा पुग्न सफल ब्यक्तित्व गोकर्ण पौडेललाई नेपाली कांग्रेस पार्टीले युवा नेताको रुपमा प्रस्तुत गरेपनि उहाँ सधै आफुलाई पार्टी कार्यकर्तानै भन्न रुचाउनुहुन्छ । सक्रिय राजनीति तथा ब्यवसायलाइ संगसंगै लैजाने क्रममा नयाँ दिल्ली पुग्नुभएका  पौडेलसँग समसामयिक बिषयमा केन्द्रीत रहेर  पत्रकार देबेन्द्र केसीले  उहाँसंग गर्नु भएको  कुराकानीको सारसंक्षेप ।   

आफुलाई समाजसेवी भन्न रुचाउनु हुन्छ कि राजनीतिज्ञ ? 
दुबै १ म समाजसेवी त राजनीति नगर्दा पनि थिए जस्तो लाग्छ । राज्यको निति मान्ने राजनीतिज्ञ र राजनीतिज्ञ भएर गरिने समाजसेवा न हो र एक राजनैतिीक कर्मीको धर्म र कर्म पनि हो समाजसेवा । तसर्थ म राजनीति र समाजसेवा दुईवटै पाटोमा छु जस्तो लाग्छ ।

 पूर्व  प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको स्वकीय सचिव ” रहेको मान्छे उहाँ सड्गको सहयात्रा कस्तो रह्यो ?
उहाँ एकदमै सहज र सजिलो मान्छे , उहाँ सड्ग मैले पुरा १९ बर्ष काम गरेँ ।मैले जिवनमा जे पाँए त्यो सबै काड्ग्रेस पार्टी र स्वर्गीय गिरिजा बाबुबाट पाँए । म एक किसिमले अभाव र प्रभाव सँग पौठेजोरी खेल्दै बाल्यकाल बिताएको मान्छे , मलाई ट्रयाकमा ल्याउनुभयो । धेरै मिस गर्छु त्यसैले त म उहाँ बाहेक कसैको पनि स्वकीय सचिव ” नबस्ने भनेर काँग्रेस सभापति शेर बहादुर देउबाजीको आग्रह लाई पनि मानिन ।

गिरिजा बाबु सँग एति धेरै क्लोज किन ?
हेर्नुस , उहाँ द्दढ स्वभाव भएको मान्छे म जे बोल्छु त्यहि गर्छु भन्ने मान्छे उहाँ को अद्वितीय साहस र कार्य गर्ने शैली मलाई मन पर्छ ।आफ्नो कुशल नेतृत्व मार्फत राज्य लाई पनि ठुलो गुन लगाएका कोईराला ले माओबादी लाई पनि  बन्दुक छोडाएर ब्यालेटको बाटोमा ल्याउने हिम्मत गर्नुभयो । सदियौ देखी जरा गाडेर बसेको सामन्ति राजतंत्र उहाँ कै नेतृत्व मा बढारियो यि सबै कुरा ले गर्दा मलाई गिरिजा बाबु मन पर्छ र उहाँको अभाव खड्किरहन्छ ।

भनेपछि गिरिजा बाबु हजुरको आदर्श हुनुहुन्छ ?
होईन आदर्श होईन उहाँ एक्टिभिस्ट हो । एक्टिभिस्ट कहिल्यै आदर्श हुदैन र मन पर्नु आदर्शवाद पनि हैन। मेरो आदर्श त बिपी FB_20160608_21_26_15_Saved_Picture[1]कोईराला,पंडित जवाहरलालनेहरू अनि माहात्मागान्धी हुनुहुन्छ। आदर्शलाई फ्लो गरिन्छ भने एक्टिभिस्ट सँग सहयात्रा गरिन्छ । फेरि अर्को कुरा सहयात्रा काँग्रेस सभापति देउबा र एमाओबादी अध्यक्ष प्रचण्ड सँग पनि छ ।

पछिल्लो पटक हजुरको झुकाव एमाओबादी तिर बढ्दै छ भन्ने हल्ला  सुनिन्छ नि ! कुरा के हो ?
मेरो काँग्रेस सित मात्र नभएर एमालेका लिडरहरु अनि एमाओबादीका लिडरहरुसँग पनि राम्रो समन्ध छ समन्ध राम्रो हुदैमा झुकाव बढ्ने होईन । प्रचण्ड जी ले मलाई राम्रो मान्नुहुन्छ मैले पनि आदर गर्छु यो ब्यक्तिगत कुरा हो तर म  माओबाद ” मा बिस्वास गर्दिन म डेमोक्रेसी मा बिस्वास गर्छु ।

तपाई आफ्नो जिबनलाई सफल मान्नुहुन्छ या असफल ?
एकदमै सफल किनकि म मान्छे भएर जन्में। के मान्छे भएर जन्मन पाउनु सफलता हैन रु म कुकुर त बनिन नि १ अर्को कुरा म आफुलाई, परिवार लाई, समाजलाई अनि जन्मभूमि लाई सम्झिन्छु हरेक बिकास निर्माण मा सघाउने प्रयास गर्छु । जनताका पिरमर्का हरुलाई बुझ्ने प्रयास गर्छु कमसेकम जगलाई आसा देखाउन सक्ने त भएँ यो पनि त सफलता हो ।

सफल मान्छेको पछाडि एउटी आईमाई हुन्छिन भन्छन । तपाइको सफलताको पछाडि पनि कोहि छ ?
यदि मेरो सफलताको पछाडि कोई छ भने त्यो मेरी अर्धांगिनी हुन । मेरी जिबन सड्गिनीले मलाई हरेक दुख सुख अनि हाँसो , आँशुमा साथ दिईन उनि शालिन छिन, मासूम छिन तर मेरो अभाव मा प्रभाव बनेर उदाउछिन । अनि आशीर्वाद को कुरा गर्ने हो भने मेरो बाबा , आमा अनि कुल देवताको आशीर्वाद रुपी हात सधै मेरो शिरमा छ ।

  जिबनमा  घटेको कुनै दुखद पल छ जुन पलले तपाई लाई कमजोर  बनाउछ ?
जुन दिन यो देशको धरोहर गिरिजा बाबु स्वर्गवासी हुनुभयो त्यो  दिन मेरो जिबनकै सबै भन्दा दुखद पल हो । त्यो दिनले आजपनि मलाई निद्रा बाट ब्युझाईदिन्छ ।

 अहिले भारत मा हुनुहुन्छ भारत सँग को समन्धको बारेमा बताईदिनुस न ? 
भारत सँग भाषा मिल्छ , संस्कृति मिल्छ रोटी र बेटीको समन्ध छ । खुल्ला बोर्डर भएकोले दुई देश बिच बन्द ब्यापार , नोकरी र औष धोपचार गर्न एक अर्काको मुलुकमा जान पाईने छुट छ भारत नेपाल समन्ध राम्रो भएर त होनी गत बैसाख मा ११ बजेर ५५ मिनट जाँदा आएको भुकम्प को रेसक्यु गर्न २ बजेर ३० मिनट जाँदा भारतीय सेनाका हेलिकप्टरहरु काठमाण्डौ पुगेका थिए ।

अन्त्यमा प्रवासी तथा स्वदेशी नेपाली जनमानस लाई के भन्न चाहानुहुन्छ ?
हाम्रो देश सबै को साझा फुलबारी हो । यहाँ माओ,चाओ अनि शेक्सपियर सबै जन्मिएका छन तर राज्य को उदासीनता र सामाजिक जागरुकता को अभाव मा खेतमा हलो जोत्न बाध्य छन । भने कोई प्रदेशमा पसिना बगाउन बाध्य छन । तिनीहरुले आफ्नो क्षमता लाई चिनेर देश को बिकास का लागि पौरख खर्चिने बातावरण भए खुसी हुनथ्यो । प्रवासी युवा हरुले पनि बिदेसमा काम सिक्नुस अनि नेपाल मा गएर त्यसको उपयोग गर्नुस किनकी देश का नेताहरु लाई सरापेर मात्र देश बन्दैन । देश बनाउनको लागि सबै नेपाली जनले योगदान दिनुपर्छ र नयाँ दिल्ली मा गठन भएको भुर्तुड्गेली हरुको छाता सड्गठन (गुल्मी भुर्तुड्ग सम्पर्क समिति भारतको )प्रगति को कामना गर्न चाहान्छु ।