शनिबार, बैशाख ८, २०८१

मुठ्ठीमा जीन्दगी….

एक दिन एक ढंगले,
मुठ्ठीमा हुनेछ हाम्रो जीन्दगी,
लट्टाईं हाम्रो हातमा अनि जिन्दगी चंगा भइदिनेछ,
एक दिन एक ढंगले ।

एक्लो तिमी मात्र छैनौ लुकीछिपी रुनलाई,
म पनि छु उ पनि छ,
रुनलाई साथी हामी जस्तै अरु पनि थुप्रै छन्,
एक दिन एक ढंगले,
आँशुमा समाहित हुनेछन् हाम्रा खुशीहरु,
जीन्दगीलाई दोहोराउँदै बाटोहरु आफै आफै बनिदिनेछ,
एक दिन एक ढंगले ।

हारेको तिमीले मात्र छैनौ जिन्दगी एक्लै मर्नलाई,
हारेर जीतेकाहरु छन् मरेर बाँचेकाहरु छन्,
हारेर पनि जीवन जिउनेहरु अरु पनि थुप्रै छन्,
एक दिन एक ढंगले,
मृत्युलाई जितेर बनाउनेछौं हामी हाम्रा जिन्दगीहरु,
lgराशाको कालो बादल हटेर आशाहरु छाईदिनेछ,
एक दिन एक ढंगले ।

-गौतम डंगोल -सन्देश 

२०७