बिहिबार, चैत्र १५, २०८०

माओवादी केन्द्रको जम्बो महाधिवेशन आयोजक समिति सार्वजनिक

काठमाडौ ज्येष्ठ २० , नेकपा माओवादी केन्दलको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी downloadदिनमा थपिने माओवादी केन्द्रले जनाएको छ ।
यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार आज घोषणा गरिएको बृहत महाधिवेशन आयोजक समिति सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पु¥याउन र महाधिवेशनसम्मका लागिमात्र भएको महाधिवेशन पछि अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव नपर्ने जानकारी दिनु भएको छ ।