शुक्रबार, चैत्र १६, २०८०

महासंघ सल्यान शाखाका अध्यक्ष शर्माको निधनबाट महासंघ मर्माहत

काठमाडौं ज्येष्ठ २०, नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको ब्लड क्यान्सरका कारण उपचारमा क्रममा आज shok release 20 jethविहान ४ः०० बजे भक्तपुर क्यान्सर अस्पतालमा भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको छ । photoमहासंघले स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शर्माकोे निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, जुझारु, अनुभवी र कुशल पत्रकार गुमाएको छ जनाएको छ ।

स्वर्गीय शर्माका आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि पशुपति आर्यघाटमा पत्रकारिता क्षेत्रका तर्फबाट महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको झण्डा ओढाएर मृतक शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलिसभामा सल्यान क्षेत्र नं २ का सांसद प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष गोविन्द आचार्यलगायत पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रमुख, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । पछिल्लो समय सामुदायिक रेडियो प्रसारक संघको लेखा समिति सदस्य र रेडियो शारदाको अध्यक्षसमेत रहनु भएका शर्माले सल्यान जिल्ला पत्रकारिताको विकासमा विशेष योगदान पु¥याउनु भएको थियो । स्वर्गीय शर्माका माता, श्रीमती र तीन छोरी छन् ।