शनिबार, बैशाख ८, २०८१

मधेसी दलद्दारा आजको बैठक पनि बहिष्कार बजेटमाथि धारणा राख्ने क्रम जारी

 सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले आजै जवाफ दिने

काठमाडौ ज्येष्ठ २१ ,व्यवस्थापिका–संसदको आजको बैठक तराई मधेस आन्दोलनरत दलले व्यवस्थापिका–संसदको आजको बैठक पनि बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै सांसद शिवजी यादवले तराई मधेस केन्द्रीत दलहरुले विभिन्न माग राखी आन्दोलन सुरु गरेको वर्ष दिन पुग्दा पनि सरकार गम्भीर बन्न नसकेकामा आपत्ति जनाउँदै बैठक बहिष्कार गरेको हो ।

CA_20141009085850यसैवीच आजको बैठकमा आव २०७३/७४को राजस्व व्ययको वार्षिक अनुमानमाथिको जारी छलफलको क्रममा नेपाली काँग्रेसका मनमोहन भट्टराईले आर्थिक समृद्धिका लागि बजेटले निजी क्षेत्रबाट राखेको अपेक्षा पनि पूरा नहुने, समृद्धिको शब्द बजेटमा राख्दैमा समृद्धि नआउँँनेका सकारको ध्यान आकर्षण गराउँनु भएको छ । त्यस्तै अर्का काँग्रेसै सांसद दीपक गिरीले सामाजिक सुरक्षाभत्ता वृद्धि बजेटले गर्नु सकारात्मक पक्ष भएको तर स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनका लागि बजेट पर्याप्त नभएको धारणा राख्नुभएको छ भने एमालेका सांसद सुरेन्द्र पाण्डेले आफ्नो स्रोतमा द्रूतमार्ग आफैँ बनाउन रु १० अर्ब बजेट विनियोजन हुनु सकारात्मक पक्ष भएको तर तराई–मधेसका २० जिल्लामा नयाँ सहर बनाउने कार्यक्रमअन्तर्गत चितवन र दाङलाई पनि समावेश गर्न माग गर्नुभएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले राष्ट्रिय पुँजीको स्रोत निर्माण गर्न निजी, सहकारीलाई साथ र विश्वासमा लिन बजेटले ध्यान नदिएको चर्चा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न बजेटले प्राथमिकता नदिएकोमा सकारको आलोचना गर्नु भएको छ । साथै राप्रपाका सांसद् परशुराम तमाङले भूकम्पका समयमा राहत, उद्धार गरेँ भनी फेसबुकमा फोटो राखेको भरमा सरकारले पदक वितरण गरेकामा आपत्ति जनाउँदै गर्दा नेमकिपाका अनुराधा थापामगरले प्रज्ञा प्रतिष्ठान राजनीतिक दलका कार्यकर्ताका भर्ती केन्द्र भएको भन्दै ‘गानेगुसे सबै एकै नासे’ जस्तै अधिल्ला सरकारले जस्तै वर्तमान सरकारले बजेट ल्याएको टिप्पणी गर्नुभएको छ ।  बजेटमाथिको छलफल पछि सांसदहरुले उठाएका प्रश्नको अहिले अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ । अपरान्ह तीन बजे अर्थमन्त्री विष्णु पौडेलले दिनेछन् । त्यतिन्जेल सम्मको लागि संसद बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभएको छ ।