बिहिबार, बैशाख १३, २०८१

मधेसीदल द्दारा आज पनि संसद बैठक बहिष्कार ,निर्वाचनबाट काँग्रेस कहिले पछि नहट्ने वरिष्ठ नेता पौडेलको जनाउ,

 ३ विद्येयक स्वीकृत

काठमाडौ आषाढ ८, व्यवस्थापिका–संसदको आजको बैठक पनि सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले सभामुख ओनसरी घर्तीसित समय माग गर्दै तराई मधेस आन्दोन प्रति सरकार अझैपनि उदासिन रहेको बताउनु भएको छ ।  त्यस्तै उहाँले नयाँ संविधानमा महिलाको हक CA_20141009085850-2 (1)अधिकारको सुनिश्चित गर्न नसकेकोमा पनि विमति राख्दै संविधान संशोधन गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकारको माग गर्दै गरेका आन्दोलनरत मधेसीलाइ , सरकारले झुटा मुद्दा लगाई पक्राऊ गर्न सुरु गरेकोमा आपत्ति जनाउँदै सांसद चौधरीले आजको बैठक पनि बहिष्कार गर्ने जानकारी गराउँदै बैठकबाट बाहिरिनुभएको थियो ।

यसैवीच आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनभन्दा सत्ता जोगाउन सत्तासाझेदार दलहरू लागेको अभिव्यक्ति दिदै स्थानीय निकायको निर्वाचन नयाँ संविधानको संरचनाअनुसार हुनुपर्छ भन्दै निर्वाचनबाट काँग्रेस कहिले पछि नहट्ने बताउनु भएको छ ।  साथै उहाँले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि दिइने भनेको रु दुई लाख तत्काल वितरण गर्न सरकारको ध्यानाकर्षण गराउँदै भूकम्पपीडित जनता अहिले पनि खुल्ला आकासमुनि बस्न बाध्य भइराखेको अवस्था प्रति सरकार उदासिन रहेको बताउँनु भएको थियो । त्यस्तै गरि अफगानिस्तानमा आतङ्ककारी समूहको आततायी घटनामा परी मृत्यु भएका १२ नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

त्यस्तै गरि आजको बैठकले न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गर्नु भएको केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ लाइ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत दिएको छ ।