शनिबार, बैशाख ८, २०८१

बाँके काँग्रेसमा लाइन लविङ्ग’को तछाडमछाड

नेपालगन्ज ज्येष्ठ २८, विमान दुर्घटनामा परी दिवगंत भएका नेपाली काँग्रेस जुम्लाका तत्कालिन सभापति मानव सेजुवालको शालिक अनावरण गर्न नेपाली काँग्रेसका सभापति शेरशहादुर देउबा असार १ गते बाँकेको राँझा विमानस्थल हुँदै जुम्ला जाने कार्यक्रम तय भएसँगै नेपाली काँग्रेस nc-flageबाँकेमा ‘लाइन लविङ्ग’को तछाडमछाड शुरु भएको छ । तत्कालिन सभापति स्व.सुशील कोइरालाको गृह जिल्लाका रुपमा रहेको बाँके nc-flageजिल्लामा महाधिवेशन प्रतिनिधिमा पराजीत भई १३औं महाधिवेशनमा सभापति लडेका कृष्ण सिटौलालाई सर्मथन गर्ने मैकुलाल वाल्मीकीको अगुवाईमा बाँकेमा सभापति निकट बनेर केन्द्रमा आफ्नो लाइन क्लिएर गराउन एक समूह सक्रिय भएसँगै बाँके काँग्रेसमा लाइन ध्रुविकरण भइरहेको छ । सभाषद वाल्मीकीलाई तत्कालिन सभापति सुशील कोइरालाले सामनुपातिक तर्फ सभाषद मनोनित गरेका थिए ।

लामो समय सम्म कोइराला क्याम्पमा रहेपनि १३औं महाधिवेशनमा बाँके क्षेत्र नं. १ का सभापति माधवराम खत्रीको सर्मथनमा तत्कालिन केन्द्रिय सदस्य किशोर राठौर मार्फत देउवा क्याम्प प्रवेश गर्न खोजेका सभापति पद बाँकेमा पराजित उम्मेदवार निरञ्जन सिंह सिजापति लगाएतका केही जिल्ला नेताहरुले सभापति देउबाको लाइनको नेतृत्वमा आँफु स्थापित हुन खेजेपछि बाँकेमा अहिले देउबा क्याम्प भनिनेहरुबीच कस्को लाइनलाई सभापतिले सर्मथन दिने भन्ने विवाद बढीरहेको श्रोत बताउँदछ । तर सभापति देउबाले जिल्ला कार्य समितिले तय गरेका कार्यक्रमहरुलाई नै आधिकारीक लाइन मानेर अघि बढ्न आन्तरीक निर्देशन दिएको बुझिन्छ । यसअघि केन्द्रिय सदस्य बालकृष्ण खाँड नेपालगन्ज आउँदा उक्त दुई समूबीच विवादसमेत भएको थियो । उनिहरुले आ–आफ्नो लाइनलाई आधिकारीकता दिन होटल सिद्दार्थमा रहेका नेता खाँडलाई दवाव दिका थिए । त्यसरी दवाव दिनेहरुमा देउबा क्याम्पबाट १२औं महाधिवेश लडेका राजकुमार बर्मा नेतृत्व समूह एकातिर थियो भने माधबराम खत्री,निरञ्जन सिंह सिजापतिहरुको समूह अर्को थियो । तत्कालिन सभापति स्व.कोइरालाको देहवसान पछी देउबा क्याम्प छिरेकाहरुलाई नेतृत्वमा स्थापित गर्न नहुने एक थरीको मान्यता छ भने नव प्रवेशीहरु आँफुहरु नै आधीकारीक भएको देखाउन खेज्दा बाँके काँग्रेसमा आन्तरीक संर्घष तिव्र भएको छ ।

यसैबीच पूर्व केन्द्रिय सदस्य किशोर राठौरले देउबालाई बाँकेमा एउटा भब्य कार्यक्रम गराएर आफ्नो प्रभाव देखाउन प्रयासरत रहेको काँग्रेस श्रोत बताउँदछ । १३ औं महाधिवेशनमा केन्द्रिय सदस्य नलडेका उनै राठौर पार्टी सभापतिबाट मनोनित केन्द्रिय सदस्य पाउने पर्खाइमा रहेको उनि निकट श्रोत बताउँदछ ।  सभापति देउबाको गन्तब्य जुम्ला भएपनि बाँके काँग्रेसमा केही ब्यक्ति र नयाँ उप गुटहरु देउबाको आगमनलाई बाँकेमा आफ्नो पक्षमा क्यास गर्न खोजिरहेकाले बाँके काँग्रस भित्र तिव्र धु्रविकरण भईरहेको श्रोत बताउँदछ । तर काँग्रेसका सभापति शेरशहादुर देउबा आउने खबर थाह भएपनि जिल्ला कार्य सिमितिले कुनै औपचारीक कार्यक्रम तय गरी नसकेको बुभिएको छ ।