शुक्रबार, चैत्र १६, २०८०

प्रहरी हबल्दारविरुद्ध मुद्धा दायर

काठमाडौ आषाढ ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेस गरेका akhtiyar-600प्रहरी हबल्दारभीमसेन बस्नेत विरुद्ध आज मुद्धा दायर गरेको छ ।

आयोगले आज जारी विज्ञप्तिमा उल्लेखभए अनुसार प्रहरी हबल्दार बस्नेतले प्रहरी सेवा प्रवेसको क्रममा पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पाईएको जनाउँदै कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।