मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्री ओलीले भने- हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने

काठमाडौ ज्येष्ठ २०, प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “अहिले मलाई प्रधानमन्त्री पद छाड्नुप-यो भनेर हप्काउने र तर्साउने काम गरिँदै images (32)छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले आयोजना गरेको नेपालको समृद्धिका लागि  दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह छैन भन्नुभयो ।

म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु उहाँले भन्नुभयो । प्रम ओली आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताउनुभयो ।

सडकमा तमासा नदेखाऊ :  नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।

काँध फेर्ने कुुरा नगर :   प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो “सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो रु लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।

बजेट छरेकै हो :  प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ, आफूले विनियोजन नभनी छर्नु भनेको स्पष्ट पार्नुभयो । पैसा पोको पारेर कहाँ विकास हुन्छ रु शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो उहाँले बताउनुभयो । प्रम ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउँदछ भन्नुभयो ।

विगतका सरकार तरकारी बारीका बुख्याचा :  प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाउनुभयो । “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उहाँले भन्नुभयो । साभार: रिपोर्ट नेपाल .com  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031