शनिबार, बैशाख ८, २०८१

पूर्व राजा शाहको ७० औं जन्मोत्सव विशेषाङक प्रकाशित गरिने

काठमाडौं आषाढ ११,     मानचित्र मासिक पत्रिकाको प्रकाशन गृह मानचित्र पब्लिकेशनले पूर्व राजा ज्ञानेन्द्र शाहको ७० औं जन्मोत्सवको अवसर पारेर जन्मोत्सव विशेषाङक प्रकाशित गर्ने भएको छ ।  पब्लिकेशनका अध्यक्ष एवम् सम्पादक अस्मिता भण्डारीका अनुसार 20150722_anup_1विशेषाङकमा मुलुकको पछिल्लो राजैनैतिक घटनाक्रमको विश्लेषण गर्नुको साथै समाजका लब्धप्रतिष्ठित समाजसेवी, वरिष्ठ पत्रकार, विभिन्न राजनैतीक पार्टीका शिर्ष नेता, प्राध्यापक लगायतले राजसंस्थाको आवश्यकता र औचित्यमा प्रकाश पार्दै लेख्नु भएका विश्लेष्णात्मक दिशानिर्देश सहितको पठनीय सामाग्री एवम् पूर्वराजाको गतिविधी समेटिने जानकारी दिनु भएको छ ।

यसअघि पनि पब्लिकेशनले पूर्व राजाको ६८ औ शभजन्मोत्व विशेषाङक प्रकाशित गरेको थियो । तर ६९ औ शभजन्मोत्व विशेषाङक प्रकाशित गर्ने तयारी गर्दै गरेको अवस्थामा गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पका कारण एकातर्फ मुलुक शोकमा दुवेको र अर्को तर्फ मुलुक जनता आफ्नो सर्वोपरि भएको जनाउ दिदै पूर्व राजा स्वयमले देश रोएको अवस्थामा आफ्नो जन्मोत्सव मनाउनु किमार्थ नहुँने अभिव्यक्ति सहित जन्मोत्सव नमनाउँनु भएका कारण विशेषाङक प्रकाशित नभएको पब्लिकेशनका अध्यक्ष भण्डारीले बताउनु भयो ।

त्यस्तै उहाँले प्रस्तुत विशेषाङक मुलत जनचाहना अनुरुप गणतन्त्र घोषणा पूर्वको मुलुक र गणतन्त्र घोषणापछि मुलुकमा देखिएको राजनैतीक अन्यौलता तथा सामाजीक विचलनताको सवालमा केन्द्रीत हुने  जानकारी दिनु भएको छ ।