शुक्रबार, बैशाख ७, २०८१

पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोमा विज्ञहरुद्दारा दुःख व्यक्त

काठमाडौ ज्येष्ठ २० , गत वर्ष को बैशाख १२ गते गएको महाविनासकारी महाभूकम्पबाट भग्नावशेषमा परिणत भएको काठमाडौंँ उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएको भन्दै सरोकार एवम् सम्वद्ध संस्थाका विज्ञहरूले दुःख व्यक्त गर्नुभएको छ ।

Anup_20160601_1 Anup_20160601_2 Anup_20160601_4 Anup_20160601_6 Anup_20160601_7 Anup_20160601_12विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा बुधवार राजधानीमा आयोजित काठमाडौँका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा बोल्दै पुरातत्वविद् डा साफल्य अमात्य , वास्तुविद् प्रा डा सुदर्शन तिवारी , प्रा डा नरेशमान बज्राचार्य, पर्यटनविद् कर्ण शाक्य, शिक्षाविद् केदारभक्त माथेमालगायतल विज्ञहरुले त्यस अवसरमा ऐतिहासिक सम्पदाको महत्व बुझेर समयमा निर्माण गर्न नसकिएमा यसले विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरातर्फ पनि सरकारको ध्यानाकर्षण समेत गराउँनु भएको थियो ।
त्यस्तै उहाँहरुले पछिल्लो समयमा काठमाडौंँ महानगरपालिकाले यस्ता सम्पदाको पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरेकोप्रति आपत्ति प्रकट गर्दै यी सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्व बुझ्न आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्ल्ेख गर्नु भएको छ ।

तर प्रस्तुत कार्यत्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङले यी पुरातात्विक सम्पदाको निर्माणको अगुवाइ कसले गर्नेभन्ने विषयमा स्पष्ट नहुँदा निकै गाह्रो भएको जिकिर गर्दै महानगरपालिकाले बोलपत्र आह्वान गरेपनि पुनःनिर्माणको कामका लागि स्थानीय जनता वा यस क्षेत्रका विज्ञहरूको परामर्शबाटै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा सो प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोलको सभापतित्वमा सम्मपन्न भएको थियो ।