शुक्रबार, बैशाख ७, २०८१

पार्टी घोषणा कार्यक्रममा नयाँ शक्तिका नेता कार्यकर्ता संगै बस्ने , छुट्टै मञ्च नबनाइने

naya-shakti-flge-300x183 (1)काठमाडौ ज्येष्ठ २७, नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता कार्यकर्ताको लागि छुट्टै मञ्च नबनाइने भएको छ । आगामी ज्येष्ठ ३० गते राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सचिवालय सदस्य तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कुमार पौडेलले जानकारी दिदै भने – हाम्रो मञ्च व्यवस्थापन परम्परागत हुँदैन, पार्टीका नेतालाई मञ्च र कार्यकर्तालाई चौरमा राख्ने अभ्यासको विकल्पमा हामीले मञ्च व्यवस्थापन गरिरहेका छौं,’ संयोजक पौडलले भन्नुभयो, ‘हाम्रा सबै सचिवालय सदस्य र केन्द्रीय सदस्य र संस्थापक सदस्य सवैसँग चौरमा बस्नुहुन्छ । नयाँ शक्तिका नेता र कार्यकर्तालाई छुट्टै आसन ग्रहणको व्यवस्था नभएको उहाँले जानकारी दिनुभयो । ‘तर अन्य पार्टीका नेताहरु, भाइचारा, अन्य अतिथिहरु र सञ्चारकर्मीको लागि मञ्चको व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिदै मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्था गरिएको बताए ।

साथै परम्परागत ढंगले रिबन काटेर, बलेुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने जनाउ दिदै संयोजक पौडलले रंगशालाको संवेदनशीलतालाई ध्यानमा राखेर मञ्च बाहिरैबाट फिट गरेर ल्याइने तयारी भइरहेको त्यस्तै रंगशालाको ‘भूकम्पपछि रेड स्टिकर टाँसिएकोले प्याराफिटको प्रयोग नगरिने र सबै जना चौरमा बस्ने व्यवस्था गरिएको बताउँदै रंगशालाको पूर्वी गेटबाट अतिथि, दक्षिण गेटबाट सर्वसाधारण प्रवेशको व्यवस्था गरिएको र सुरक्षाका लागि सबै प्रवेशद्वार खुला गरिने जानकारी दिएका छन ।  त्यस्तै गरि सहभागीहरुको सुविधाको लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूलो एलइडी स्क्रीन र मुल गेट अगाडि पनि एलइडी स्क्रीनमा कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मञ्च व्यवस्थापन गरिरहेको क्याप्टेन आउटडोर प्रालिका अनिल थमनले जानकारी दिदै हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031