बिहिबार, बैशाख १३, २०८१

पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप: महासङ्घ

काठमाडौ ज्येष्ठ ३०, पत्रकार महासंघ सोलुखुम्बु शाखाका सदस्य एवम् ‘हिमाल एफएम’का प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घको विरोध जनाएको छ ।

release 30 jethमहासङ्घका महासचिव उजिर जारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीका लागि सम्बन्धित पक्षसँग माग गर्दै समाचारप्रति चित्त नबुझे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका विकल्पलाई छाडेर जिम्मेवार पदमा बसेका व्यक्तिबाट सार्वजनिक स्थानमा पत्रकारमाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको उल्लेख गरेका छन ।

यसैवीच साहित्यकार तथा पत्रकार स्नेह सायमीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको समेत भत्र्सना गर्दै महासङ्घले स्वतन्त्र रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई कुण्ठित बनाउँदै प्रहरीद्वारा भएको यो दुव्र्यवहारको नेपाल पत्रकार महासङ्घ निन्दा गरेको छ । साथै विज्ञप्तिमा घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न महासङ्घ सम्बन्धित निकायसँग माग गरेको छ ।