बिहिबार, चैत्र १५, २०८०

नेवि सङ्घले ११औं महाधिवेशनको मिति तोक्यो

सांसदहरूको तलब भत्ता बढाउने निर्णय ,स्ववियु निर्वाचनको दवाव र मुलुकमा व्याप्त महँगी कालोबजारी, शैक्षिक व्यापारीकरणलगायतका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने

काठमाडौ ज्येष्ठ ३२, केही दिनदेखि काँग्रेस मुख्यालयमा जारी , नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिको बैठकले पटकपटक मिति तोक्दै स्थगित हँुदै आएको सङ्घको महाधिवेशन  ११औँ महाधिवेशन आगामी श्रावणको २३ देखि २५ गतेसम्म राजधानीको प्रदर्शनीमार्गमा Nepal_Students_Union_Flag (1)आयोजना गर्ने औपचारिक निर्णय गरेको ।  त्यस्तै बैठकले नयाँ महाधिवेनश पछि नयँ बन्ने केन्द्रीय समिति १सय५१ सदस्यीय बनाउने निर्णय सहित पदाधिकारीको सवाल र संरचनाका बारेमा टुङ्गो लगाउन कार्यदल गठन गरी जिम्मा दिइने निर्णय गरेको छ ।

त्यस्तै गरि नेविसंघले सांसदहरूको तलब भत्ता बढाउने निर्णय तत्काल रोक्न र स्ववियु निर्वाचन गर्न दबाब दिने निर्णय गर्नुको अलावा मुलुकमा व्याप्त महँगी कालोबजारी, शैक्षिक व्यापारीकरणलगायतका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने तयारी सहित ७ वटै प्रदेशमा एक महिने कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रमको समेत आयोजना गर्ने भएको छ ।