शुक्रबार, चैत्र १६, २०८०

नेविसङ्घद्दारा उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना

काठमाडौ ज्येष्ठ १९, नेविसङ्घ केन्द्रीय समितिले आसन्न संघको अधिवेशनलाइ दृष्टिगत गर्दै ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।कार्यक्रममा काँग्रेसका नेता डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीपक खड्का, गुरुराज घिमिरे, डा हरि पोखरेल, रञ्जित कर्णलगायतले प्रशिक्षण दिने क्रमम सङ्घलाई सशक्त र नीतिमुखी बनाउने विस्वास व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 नेविसंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सभापती देउवाले नेविसंघ बुढाहरुबाट चल्न नसक्ने भन्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न समयमै महाधिवेशन गर्नु पर्नेमा जोड दिदै  उहाँले   नेविसंघलाई विद्यार्थीहरुकै संगठन बनाउन निर्देशन दिनु भएको थियो ।