शुक्रबार, चैत्र १६, २०८०

नेता तथा कार्यकता रिहाइको माग गर्दै विहिवार विप्लव’ माओवादीद्दारा नेपाल बन्दको आव्हान

काठमाडौ ज्येष्ठ २६,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकता रिहाइको माग गर्दै बिहीबार नेपाल बन्दको आव्हान गरेको छ ।
imagesनेपाल बन्दको आव्हानकर्ता विप्लव’ नेतृत्वको नेकपा माओवादीले बन्दलाई शान्तिपूर्ण बनाउने र बिहीबार बिहानैदेखि सुरू हुने जनाउँदै बन्दका क्रममा अत्यावसेक सेवाका सवारी साधन क्रमस ध बोक्ने गाडी, स्वास्थ्यसँग सम्बन्धी गाडी, प्रेस, कुटनीतिक नियोगका बाहेक अरु नचलाउन अपील गरिएको छ ।

साथै राज्यले जिल्लाजिल्ला बाट आफ्ना नेता तथा कार्यकता पक्राउगरिएको यसरी पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरूको सकुशल रिहाइ नहुँदासम्म आन्दोलन जारी रहने जनाउँदै यसवीचमा पनि पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइ नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।